
क्विन्स केटिएम लायन्स क्लबद्वारा जाजरकोट भुकम्प पिडितलाई न्यानो ब्लान्केट सहयोग
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्क द्वारा नेपालको जाजरकोट भुकम्प पिडितहरुलाई न्यानो ब्लान्केट सहयोग गरेका छन् ।

न्युयोर्कमा नेपालीले नेतृत्व गरेको क्विन्स केटिएम लायन्स क्लब, क्विन्स न्युयोर्कले केहि समय पहिले नेपालको जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पका पिडितहरुलाई न्यानो ब्लान्केट सहयोग गरेका छन् ।

क्विन्स केटिएम लायन्स क्लबले न्युयोर्कमा बिभिन्न खाले सामाजिक कामहरु जस्तै पार्क सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, भोकोलाई खाना खुवाउने काम, बालबालिकाका लागी बिशेष कार्यक्रमहरुको साथै बिभिन्न खाले सामाजिक योगदान पुर्याउदै आईरहेको छ । क्लबले न्युयोर्कमा मात्र नभई नेपालको बिकट क्षेत्र र आपतकालिन समयमा पनि सहयोग पुर्याउदै आईरहेको छ ।
केही महिना पहिले जाजरकोटमा गएको भुकम्पका पिडीतहरु मध्ये निकै नै बिकट गॅाउ जहॅा यातायातको न्युन ब्यवस्था रहेको गॅाउको २५ परिवारलाई भुपेन्द्र बहादुर भण्डारीको नेतृत्वमा पिडितहरुको घर-घरमा गई न्यानो ब्लान्केट सहयोग पुर्याएका छन् ।


