
ज्याक्सन हाईट्समा २९ बर्षिय छिरिंगको छुरा प्रहारबाट निधन, एकको अवस्था नाजुक
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको ज्याक्सन हाईट्समा आज बिहान २९ बर्षिय छिरिंग वांग्दुको छुरा प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ भने एक सख्त घाईते भएको छ ।
गत जनवरी १,२०२४ सोमबार बिहान ३:५७ बजे तिर न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्सको ७६ स्ट्रिट र रोजभेल्ट एभिन्युको कर्नरमा २९ बर्षिय छिरिंग वांग्दु र ३० बर्षिय नाम नखुलेको युवा रगताम्य भएर लडिरहेको अवस्थामा रहेको प्रिसिन्ट ११० बाट खटिएको प्रहरी टोलीले जनाएको छ ।
प्रहरी घटनास्थलमा पुग्दा २ युवा रगताम्य अवस्थामा लडिरहेको पाएको हो । प्रहरी टोली घटनास्थानमा पुगी लडिरहेको युवाको अबस्था हेर्दा २९ बर्षिय वांग्दुको खुट्टामा गहिरो चोट लागेको र अर्को नाम नखुलेको ३० बर्षिय युवाको भने छाती र अनुहारमा चोट लागेको बताईएको छ । उनिहरु दुबैजनालाई नजिकको एल्महर्स्ट अस्पताल पुर्याउदा सम्ममा २९ बर्षिय वाग्दुलाई भने मेडिकल समुहले मृत घोषणा गरेको हो भने अर्का उपचारत ३० बर्षिय युवाको पनि अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।
न्युयोर्क प्रहरी बिभागले जनाए अनुसार नॅया बर्ष २०२४ को क्विन्समा भएको यो घटना नया बर्षको सुरुवात संगै पहिलो क्विन्सको घटना हो । र छुरा प्रहार गर्नेको खोजि तिब्र भईरहेको जनाएको छ ।
