Banner

भ्वाईस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । भर्खरै सम्पन्न भ्वाईस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेको छ । 

केहि समय देखी काठमाण्डौमा जारी भ्वाईस अफ नेपाल सिजन ५ को उपाधि कोच मिलन अमात्यको टिमबाट बिनोद राईले जितेको छ । बिनोदले उपाधि संगै ट्रफि र नगद रु. २० लाख र अन्य बिभिन्न उपहार प्राप्त गरेको छ । 

भने भ्वाईस अफ नेपाल सिजन ५ को फ़र्स्ट रनरअप कोच राजेश पायल राईको टिमबाट मकर बहादुर योन्जन, सेकेण्ड रनरअप कोच उदय सोतांगको टिमबाट कुमार प्रयास र थर्ड रनरअपको उपाधि कोच प्रमोद खरेलको टिमबाट नोगेन लिम्बुले जितेको छ । 

मकै हाउस टिभी एण्ड न्यूज़को तर्फबाट बिजयी ४ जनालाई बधाई तथा सफल भविष्यको शुभकामना । 

Loading...