
सुदुर पश्चिम समाज अमेरिकाको पाँचौ अधिवेशनबाट अध्यक्षमा दान सिंह विष्ट चयन ।
मकै हाउस टिभी एण्ड न्यूज़, बिरिश घर्ती मगर
न्युयोर्क । सुदुर पश्चिम समाज अमेरिकाको पाँचौ अधिवेशन सम्पन्न । अध्यक्षमा दान सिंह विष्ट चयन ।

जनवरी १५, २०२४
सुदुर पश्चिम समाज अमेरिकाको अधिवेशन आईतवार सम्पन्न भएको छ । न्यूयोर्कमा भएको अधिवेशनले दान सिह विष्टको अध्यक्षतामा सुदुर पश्चिम समाज अमेरिकामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
विष्टको अध्यक्षतामा समाजको १३ सदस्यीय नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा नविन कुमार ओझा , उपाध्यक्षमा रैभान महरा, महा-सचिवमा हरिदत्त जोशी, सचिवमा गणेश विष्ट, कोषाध्यक्षमा भिम खत्री, सह-कोषाध्यक्षमा सुनी गुरूङलाई चयन गरिएको छ भने सदस्यहरुमा लक्ष्मी पन्त, सविन चन्द, चक्रसिंह रावल, भरत सिंह खड्का, डम्बर खत्री र विपिन कार्कीलाई चयन गरेको छ ।

सन् २०१२ मा अमेरिकामा रहेका सुदुरपश्चेमीहरूले सो क्षेत्रको विकासमा जिम्मेवारी महशुस गर्दै सामाजिक आर्थिक प्रगति, कला र संस्कृतिको संरक्षण र संवर्दन लगाएत सामाजिक कल्याणका कार्य गर्न, नेपालको सुदुरपश्चिम जन्मघर अथवा स्थाई बसोवास भई अमेरिकाको विभिन्न राज्यहरूमा छरिएर रहेका सुदुरपश्चेमीहरूलाई गोलवद्द गर्दै उनिहरूको हित प्रवर्दन गर्ने र सामाजिक कार्यमा प्रतिवद्द गराउने, स्वतन्त्र, गैरनाफामूलक, गैरराजनितिक, गैर सरकारी सहभागीमुलक र वर्गीय, क्षेत्रिय, धार्मिक, भाषिक तथा लैङ्गीक भेदभाव रहित एक सामाजिक संस्था हो ।


