
वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको निधन
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । लामो समयदेखि मधुमेहबाट पिडित वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको गएराति निधन भएको छ।
७७ वर्षीय वैध लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो गएराती सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२: ३० बजे निधन भएको हो ।
विसं २००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत निकै लोकप्रिय छन्।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका छन्।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन्। उनको श्रीमती, दुई छोरी र एक छोरा छन्।
उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए। गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।


