
मगर संघ अमेरिका म्यासाचुसेट्स (बोस्टन) च्याप्टरको माघे संक्रान्ति कार्यक्रम सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
बोस्टन । मगर संघ अमेरिका बोस्टन च्याप्टरले मगरहरुको महान पर्व माघे संक्रान्ति धुमधामले मनाएको छ ।
गत जनवरी १६,२०२४ मंगलबार सॅाझ म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा मगर संघ अमेरिका, बोस्टन च्याप्टरले मगर जातीहरुको महान पर्व माघे संक्रान्ति भव्यता साथ मनाएको छ ।

मगर संघ अमेरिका केन्द्रिय समितीका सचिब पुर्ण बहादुर पाईजा मगरको प्रमुख आतिथ्यता र मगर संघ अमेरिका, म्यासाचुसेट्स (बोस्टन) च्याप्टरका अध्यक्ष देवराज पुन मगरको अध्यक्षतामा प्रमुख अतिथीको हातबाट पानसमा बत्ती बालेर र दुबै देशको राष्ट्रिय धुनबाट कार्यक्रमको सुरुवात भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी, सभापतीको साथै बिभिन्न संघ संस्थालाई प्रतिनिधितेव गरि बिशेष पाहुनाहरु र पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीहरुमा गैर आवासिय नेपाली संघ अमेरिका, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, जिबिएनसीकी अध्यक्ष अन्जु थापा, युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका अध्यक्ष कर्ण राई , बोस्टन तमु समाजकी अध्यक्ष निरा गुरुङ, बोस्टन तामाङ समाजका अध्यक्ष गोर्खा लामा र तराई एसोसिएसन अफ म्यासाचुसेट्सका अध्यक्ष टेक नारायण यादवको साथै लोक तथा दोहोरी गायक राजेश थापा मगरको पनि उपस्थितीको साथै न्युह्याम्सायर र म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने मगरहरुको बाक्लो उपस्थिता रहेको थियो ।

कार्यक्रममा मगर जातीकहरुको मौलिक नृत्य र कला, संस्कृती, भाषा र भेषभुषा झल्कने प्रस्तुतीहरु प्रस्तुतको साथै मौलिक भोजनका साथ कार्यक्रम भब्य तरिकाले सम्पन्न भएको हो । कार्यक्रममा र्याफल चिट्ठा खेल पनि खेलाईएको थियो ।


