Banner

प्रथम महिला सगरमाथा आरोही पासांग ल्हामु शेर्पाको जीवनीमा तयार वृत्तचित्र न्युयोर्कमा प्रदर्शन

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । अमेरिकन फिल्म मेकर नान्सी स्भेन्डसनले प्रथम महिला सगरमाथा आरोही पासांग ल्हामु शेर्पाको जीवनीमा तयार पारेको वृत्तचित्र “पासांग” न्युयोर्कमा आजबाट प्रदर्शन हुदैछ । 

संयुक्त राज्य अमेरिकाको आईवामा जन्मिएकी नान्सी स्भेन्डसनले तयार पारेको प्रथम महिला आरोही पासांग ल्हामु शेर्पाको जीवनीमा आधारित वृत्तचित्र “पासांग – ईन द स्याडोज अफ एभरेष्ट” आज जनवरी १९ – २५ २०२४, एक हप्ता सम्म १ः००, ३ः००, ५ः००, ७ः०० र ९ः०० गरी दिनको ५ शो न्युयोर्कको म्यानहट्टन २२ ईस्ट २२ स्ट्रिट स्थित सिनेमा भिलेजमा प्रदर्शन हुदैछ । 

आईवामा जन्मिएकी चलचित्रकर्मी नान्सी पेशाले स्वास्थ्यकर्मी भएपनि बाल्यकाल देखि नै कथाकार ‘स्टोरीटेलर’मा रुचि राख्ने उनिको “पासांग – ईन द स्याडोज अफ एभरेष्ट” पहिलो फिचर वृत्तचित्र हो ।

 पासांग ल्हामु शेर्पा नेपालको सोलुखुम्बु जिल्लाको लुक्लामा १० डिसेम्बर १९६१ मा जन्मिनु भएको हो । २२ अप्रिल १९९३ मा ३२ बर्षको कलिलो उमेरमा निधन हुनुभएकी पासांग १५ बर्षको सानो उमेर देखि नै सगरमाथा आगोहणमा सक्रिय प्रथम महिला सगरमाथा आरोहिले ३ पटक सम्म सगरमाथाको सफल आरोहण गर्नुपुर्ब अन्य धेरै हिमालहरु चढिसक्नुभएको थियो । निरन्तर हिमालय आरोह गर्ने क्रममा ३२ बर्षको उमेरमा उहॅाको सगरमाथामा निधन भएको हो । 

 

Loading...