Banner

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औ अधिवेशन फेब्रुवरी १०मा हुने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाचौ अधिवेशन फेब्रुवरी १० मा हुने भएको छ । 

बरिष्ठ अभीनेत्री गौरी मल्ल न्युयोर्क रहनुहुदा नर्थ अमेरिकालाई कर्मथलो बनाई बसेका सम्पुर्ण कलाकारहरुलाई जोड्ने छाता संगठनको रुपमा संस्थापक अध्यक्ष रहि स्थापना भएको नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाचौ अधिवेशन आगामी फेब्रुवरी १०,२०२४ शनिबार बिहान ११ः००-५ः०० बजे सम्म न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा हुने भएको हो । 

बरिष्ठ अभिनेत्री गौरी मल्ल संस्थापक अध्यक्ष, दोस्रो अध्यक्ष गायक गम्बु शेर्पा र दुई कार्यकाल अध्यक्षको पद सम्हालेका लोक तथा दोहोरी गायक सुमन बुढा पछि लोक तथा दोहोरी गायिका निशा सुनारले अध्यक्षको पद सम्हाले रहनु भएकी छन् । सुनारको नेतृत्वमा संरक्षकमा गायक अभए ढुंगेल, बरिष्ठ उपाध्यक्षमा नृत्यांगना बसन्ती राई, उपाध्यक्षपदमा लोक तथा दोहोरी गायक बिमल डॅागी, अभिनेता, निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई र मोडल ईत्ना कार्की छन् । महासचिब पदमा लोक तथा दोहोरी गायिका संगिता थापा मगर, सचिब पदमा गितकार तथा लोक दोहोरी गायक मधुर गिरी, कोषाध्यक्ष पदमा कबि तथा गितकार पुष्कर बराल, सह-कोषाध्यक्ष पदमा गायिका पुजा न्यौपाने, युवा संयोजकमा गायक दिलिप श्रीष मगर र सदस्यहरुमा कलाकारद्वय नबिन श्रेष्ठ, बुद्धिमान घिसिंग, चिनिया लाल श्रेष्ठ, माया मेलिसा राई र पुष्पा बस्नेत गरि १७ सदस्यिय टोलिले काम गरिरहेको छ । 

आगामी पाचौ अधिवेशनमा भने यहि टोलिले निरन्तरता पाउने हो की अरु नै त्यो भने चाहि फेब्रुवरी १० लाई नै पर्खनु पर्ने हुन्छ । 

Loading...