
आगलागीमा परी एकै नेपाली परिवारका २ दिदीबहिनीको मृत्यु

मकै हाउस टिभी एण्ड न्युज,
लन्डन । लन्डन, स्कटल्याण्डको एबर्डीनमा भएको आगलागीमा परेर एकै नेपाली परिवारको दिदीबहिनीको मृत्यु भएको छ।
स्कटल्यान्डको एबर्डिनकोमा बस्दै आएका एक नेपाली परिवारको दिदीबहिनी २८ वर्ष की आँचल सुवेदी र २४ वर्ष की शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परी मृत्यु भएको हो।

आफुहरु बस्ने घरको पहिलो तलामा गए सोमबार साँझ ६ बजे आगलागी सुरू हुँदा घरबाट बाहिरिन नसकेपछी धुँवाको मुस्लोमा निसास्सिएर मृत्यु भएको हो । उनीहरू घरको दोस्रो तलाको बस्दै आएका थिए।
विगत दुई दशकदेखि स्कटल्यान्डको एबर्डीनमा बस्दै आएका मृतक दिदीबहिनी पोखरा युनिभर्सिटीका पूर्व-प्राध्यापक यज्ञप्रसाद सुवेदीका छोरीहरु हुन् ।
