
आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना)को नयॅा कार्य समितीलाई सम्पुर्ण कागजात हस्तान्तरण

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना)को नयॅा कार्य समितीलाई सम्पुर्ण कागजात हस्तान्तरण गरेको छ ।

गत फेब्रुवरी ४,२०२४ आईतबार दिनको १२ः०० न्युयोर्कको क्विन्स स्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाको केन्द्रिय कार्यालयमा निबर्तमान अध्यक्ष राजकुमार बिष्ट र महासचिब टोमा लामाको हातबाट अन्य नयॅा कार्य समिती (२०२४-२६)को समेत उपस्थिती र साक्षीमा नबनिर्बाचित अध्यक्ष तोरण गुरुंग र महासचिब दिपक चौधरीको हातमा आर्थिक तथा कार्यालय संग सम्बन्धित सम्पुर्ण कागजातको बिवरण सहित हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा निबर्तमान अघ्यक्ष, महासचिब र नबनिर्बाचित अध्यक्ष महासचिब सहित कार्यसमिती र अन्य तिर्थ राज लामा, केशबराम राई, ममता राई, तुल बहादुर तामांग, टेक ब. गुरुंग, शान्ति गुरुंग, कुलदिप राना मगर र राम महर्जनको उपस्थिती रहेको थियो ।
