Banner

नेपाली अमेरिकन कलाकार संघ,नर्थ अमेरिकाको ५औ अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्ती राई चयन ।

 

 

मकै हाउस टिभी एण्ड न्युज, बिरिश घर्ती मगर

न्यूयोर्क ।  नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अधिवेशन नृत्यंगना/गायिका तथा मोडल

बसन्ती राईको नेतृत्वमा सम्पन्न भएको छ ।

फेब्रुवरी १०,२०२४ को दिन शनिवार न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल बसन्ती  राईको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पदमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नेपाली अमेरिकन कलाकार संघको ५ अधिवेशन कार्यक्रमको उद्घाटन चर्चित आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथी जगदिश समाल र कार्यक्रम सभापती चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

संघको अधिवेशनले बसन्ती  राईको सहितको अध्यक्षतामा संघको १८ सदस्यीय नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशक/ नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गितकार तथा लोक दोहोरी गायक मधुर गिरी मोडल ईत्ना कार्की सहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यस पटक पनि दोहोरिएर लोक तथा दोहोरी गायिका संगिता थापा मगरलेनै महासचिब पदमा जिम्मेवारी सम्हालेकी छन भने सहसचिबमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवा संयोजकमा गायक दिलिप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।

 

कार्यक्रमको समापन निर्बाचन प्रमुख आयुक्त गीरिजा प्र. कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गिता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियो भने पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे शंकर बिसुन्के सहित चर्चित कलाकार, गायककार, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथीहरूको सहभागिता रहेको थियो ।

 

Loading...