Banner

रक्तदानका बिश्व अभियन्ता अर्जुन मैनालीले सुसाईड नोट लेखि देहत्याग गर्नुभएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क ।” रक्तदान, जिबन दान” स्लोगनलाई आत्मसात गरेका बिश्व रक्तदाता अर्जुन मैनालीले एक सुसाईड नोट लेखि देहत्याग गरेका छन् । 

२ दशक पहिले संयुक्त राज्य अमेरिका प्रवेश गरेका बिश्व रक्तदाता अर्जुन मैनाली लामो समय न्युयोर्क राज्यको लंगआईल्याण्डको बसाई पछि स-परिवार ३ बर्ष पहिले नर्थ क्यारोलिना बसाई सरेर जानु भएको थियो । आफ्नो जिबनकालमा २०५ पटक रक्तदान गरि सक्नु भएका मैनाली देश बिदेसमा बसोवास गर्ने नेपाली मात्र नभई बिदेशिहरुलाई पनि रक्तदान गरि जिबनदान गर्न उत्प्रेरित गर्ने एक महान प्रेरक हुनुहुन्थ्यो । 

आज फेब्रुवरी ११,२०२४ आईतबारका दिन सॅाझ ६ः०० बजे तिर आफ्नो सामाजिक संजाल फेसबुकमा सुसाईड नोट लेखि देहत्याग गर्न गएको कुरा लेख्नुभएको थियो । त्यसपछी उहॅा सम्पर्क बिहिन हुनु भएको थियो । बिगत ३ बर्ष देखि सपरिवार सहित संयुक्त राज्य अमेरिकाको, नर्थ क्यारोलिनाको हन्टर्सभिलमा बसोबास गर्दै आउनु भएका मैनाली आफ्नो निवास देखि १७-२० माईल पर रहेको पार्कको जंगल भित्र भाडामा ल्याएको गाडिमा आफैले आगो लगाई देहत्याग गरेको र अहिले पोष्टमार्टमको लागी स्थानिय प्रहरीले हस्पिटल लगेको एक जना नजिकको आफन्तले बताउनु भएको हो ।

देहत्याग गर्नुभएका बिश्व रक्तदाता अर्जुन मैनालीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको सुसाईड नोटको स्क्रिन सर्ट यहॅा राखिएको छ । 

https://www.facebook.com/share/p/SWfmiAnAEssyEVGh/?mibextid=I6gGtw

अर्जुन मैनालीको बारेमा । यहॅा तल लिंक राखिएको छ । 

http://www.arjunmainali.com/home.html

 

Loading...