
कराते उपाध्यक्ष सिंहको आर्थिक सहयोगमा रियाले स्नातक शिक्षामा भर्ना पाउन सफल भईन

मकै हाउस टिभी एण्ड न्युज, सविन चन्द ठकुरी
न्युयोर्क । कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका स्थित गड्डाचौकीकी कराते खेलकी राष्ट्रिय खेलाडी रिया पुजारालाई पुर्ब अन्तराष्ट्रिय खेलाडी मकेन्द्र बहादुर सिंहले रु. २ लाख ५० हजार आर्थिक सहयोग गरेका छन् ।

नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका शितोरियो कराते खेलका पुर्व प्रशिक्षक एवं पुर्व अन्तर्राष्ट्रिय खेलाडी मकेन्द्र बहादुर सिंह सितोरियो करातेको सुदूरपश्चिम प्रदेश स्तरीय ब्लाक बेल्ट, पहिलो, दोस्रो र तेस्रो डनको पद उन्नती (ग्रेडिंग) तथा दीक्षान्त समारोहमा उपस्थित हुन पुगेको बेला केही बर्ष पहिले बुवा गुमाएकी कराते खेलाडी पुजराको आर्थिक अवस्था कमजोर रहेको र बिभिन्न समस्याबाट गुज्रिरहेको जानकारी पाए पछी निजको घरमै पुगी सहयोग गरेको हो ।

बाबाको निधिन हुनु भन्दा धेरै पहिले आमा पनि गुमाईसकेकी रिया पुजाराको घरमा २ दाजुभाई र २ दिदी बहिनी मध्ये उनी तेस्रो सन्तान हुन् । बाबा आमाको निधन पछी घरमा आर्थिक अवस्थाको खडेरि लागेको थियो । बिधालय पढ्न जाने र उच्च शिक्षा हासिल गर्ने सपनी त धेरै परको कुरा थियो किन की घरमा आर्थिक अवस्था निकै नै नाजुक भएको कारण बिहान खाय सॅाझ के खाने भन्ने अबस्था थियो ।
रियाको दाइले भारतमा काम गरेर कमाएर पठाएको पैसाले सामान्य दिन चर्या गर्न केही सहज भएको भए पनि अन्य सपना हरु सपनामै सिमीत रहेको थियो । दाईले भारतमा कमाएर पठाएको पैसाले २ छाक टार्न मात्र पुग्ने त्यो पनि कहिले काही निकै गाह्रो पर्ने भएकोले आफ्नो र आफु पढ्ने बिधालयमै अध्ययनरत भाईको पनि बिधालयको शुल्क तिर्न नसक्दा निकै गाह्रो अवस्थामा रहेको थियो ।
विद्यालयको १२ कक्षा सम्मको सामान्य शुल्क पनि तिर्न नसक्दा कक्षा १२ को रिजल्टको प्रमाण पत्र प्राप्त गर्न नसकेपछी स्नातक तहमा भर्ना हुन बाट बन्चित रहेकी थिईन् ।रियाका भाइ पनि सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन् ।

शिक्षकहरुकाहरु अनुसार रिया पढाईमा पनि राम्रो खेलकुदमा पनि राम्रो र अनुशासित पनि थिईन् । स्थानीय कराते प्रशिक्षक मदन नाथसँग कराते प्रशिक्षण प्रारम्भ गरेकी उनि हालै सम्पन्न तेस्रो कृष्णप्रसाद भट्टराई सुदूरपश्चिम प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेर ललितपुरमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा समेत सहभागी भएकी थिइन् । योसँगै रिया सिन्धुलीको बर्दिवासमा फागुन १७ देखि १९सम्म आयोजना हुन गैरहेको प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता र फागुन २४ देखि चितवनमा सम्पन्न हुन गैरहेको अन्तर प्रदेश राष्ट्रिय कराते प्रतियोगिताका लागि समेत सुदूरपश्चिम प्रदेशका तर्फबाट प्रतिस्पर्धा गर्नकालागि छनौट भैसकेकि छिन ।
रियाको आगामी अध्ययन तथा कराते प्रशिक्षणका लागि समेत सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महासंघका उपाध्यक्ष सिंहले
महासंघ र आफु सधै खेलाडीहरुको साथमा रहेको र आफ्नो तर्फबाट खेलाडीहरुलाई सधै सहयोग गर्ने समेत बताएका छन् । सिंहले यस भन्दा अघि पनि पटक-पटक खेलाडीहरुलाई सहयोग गर्दै आईरहेकाछन् । महेन्द्रनगर स्थित सितोरियो कराते प्रशिक्षण केन्द्र निर्माणमा समेत
२ लाख आर्थिक सहयोग गरेका सिंहले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिभिन्न समयमा नगद पुरस्कारले हौसला प्रदान गर्दै आईरहेकाछन् । त्यस्तै १९औँएशियाली खेलकुद प्रतियोगिताका लागि बन्दप्रशिक्षणमा रहेका कराते टोलीलाई खाजाको व्यवस्थाग र्ने होस् वा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार खेलाडीहरुलाई काठमाडौँमा बस्ने–खाने ब्यवस्था गर्ने होस् सधैं अगाडी बढेर सहयोग गर्ने गरेकाछन् ।
नेपाल कराते महासंघका संस्थापक अध्यक्ष एवं नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङ र उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले संयुक्त रुपमा रु. २ लाख ५० हजारको चेक सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका थिए भने उक्त अवसरमा सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेय, सुदूरपश्चिम करातेका प्रमुख प्रशिक्षक बिमल खडायत, कराते प्रशिक्षकहरु लिला सिंह, मदन नाथ र गणेश भट्टको पनि उपस्थिति रहेको थियो ।
रियाले आर्थिक सहयोग प्राप्त भएपछी आफु अब स्नातक तहको लागी क्याम्पस जान सफल रहेकोले गुरुलाई मनबाट धन्यबाद प्रकट गर्दै हुस्सस्स् ब्यक्त गरेका थिए । तर पनि आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा राख्दै भाबुक हुदै सहयोगको अपिल गर्दै, राष्ट्रको एक असल, शिक्षित खेलाडी हुने सपना ब्यक्त गरेका थिए ।
