
लंग आईल्याण्ड नेपाली समाजको ७औ अधिवेशनबाट राजन गौली अध्यक्ष पदमा बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्क, लंग आईल्याण्ड नेपाली समाजको ७ औ अधिवेशनबाट अध्यक्षमा राजन गौली र प्यानलको ९०% पद बिजयी भएको छ ।
हिजो फेब्रुवरी २४,२०२४ शनिबारका दिन सम्पन्न लंग आईल्याण्ड नेपाली समाज, न्युयोर्कको ७औ अधिवेशनबाट अध्यक्ष पदमा आफ्ना चिरपरिचित प्रतिद्वन्दी बावुराम शर्मालाई ५३ मतको अन्तरले राजन गौलीले बिजयी हासिल गरेको छ । अध्यक्ष पदको निर्बाचनमा शर्माको पक्षमा २४० मत खस्दा गौलीको पक्षमा २९३ मत मत खसेको थियो ।

यस बिजयी संगै गौलीको प्यानलबाट ९०% पद गौलीको पक्षमा रहेको जमैका नेपाली समाजका अध्यक्ष कृष्ण आचार्यले जानकारी गराएका हुन् ।

त्यस्तैगरी अन्यपदहरु बरिष्ठ उपाध्यक्षमा सावित्रा सिवाकोटी, उपाध्यक्ष पदमा गोकुल सापकोटा र ईन्दिरा सिंखडा, महासचिब पदमा राजेन्द्र कुमार कार्की, सचिब पदहरुमा दिपक अधिकारी र मोहन क्षेत्री, कोषाध्यक्ष पदमा निर्मल थपलिया, सह-कोषाध्यक्ष पदमा राम कुमार राई र कार्यसमिती सदस्यहरुमा अम्बिका कुमाल, बिकास मैनाली, बिमला भण्डारी, ज्ञानु चन्द, नमिता पौडेल, निरज सापकोटा, राजकुमार तामांग, रबि खड्का, रोशनी सिटौला, सुजन रेग्मी, सुमन बास्तोला र डा. भमराज गिरी निर्बाचित भएको हो ।
प्रमुख निर्बाचन आयुक्त महेश खड्काले नतिजा प्रकाशित गर्दै बिजयीहरुको नामाबली घोषणा गरेका हुन् ।
