Banner

नेपाली अमेरिकन कलाकार संघका नयॅा कार्यसमितीलाई रोयल ब्यन्जन रेष्टुरेण्ट एण्ड बारको सम्मान

 

मकै हाउस टिभी एण्ड न्युज, बिरिश घर्ती मगर

न्यूयोर्क ।  हालै सम्पन्न नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औ अधिवेशन बाट सर्बसम्मत निर्बिरोध निर्बाचित कार्यसमिति तथा सल्लाहकारहरूलाई रोयल ब्यन्जन प्यालेस एण्ड बारका अध्यक्ष जीवन बम ज्युले सम्मान गर्नुभएको छ ।

हिजो फेब्रुवरी २५, २०२४ आईतबार सॅाझ 
न्यूयोर्कको ज्याक्सन हाईट स्थित रोयल ब्यन्जन प्यालेस एण्ड बारको हलमा सम्पूर्ण नव निर्वाचित कार्यसमिति कलाकारहरूलाई अध्यक्ष बम र कार्यक्रमको संयोजन समाजसेबी टंक ब. भण्डारी र सहसंयोजक सबिन चन्द ठकुरीले सम्मान तथा रात्रिभोजको कार्यक्रम राख्नु भएको हो ।

उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरूलाई खादासँगै सम्मान – पत्र र बधाई तथा शुभकामना दिदै कलाकारहरू राष्ट्रका गहना हुन, यी गहनाहरूलाई जोगाउन सबै नेपालीको साथसाथै मेरोपनी कर्तब्य हो र यसरी सम्मान गर्न पाउदा अत्यन्तै खुसी लागेको बताउनु भयो ।


त्यसैगरी उक्त कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्ष नृत्यांगना तथा मोडल बसन्ती राईले यसरी कलाकारहरूलाई गरिएको सम्मानले अझ हौसला मिलेको र काधमा थप जिम्मेवारी बढेकोले यस कार्यक्रमका आयोजक प्रति धन्यवाद दिदै आभारी रहेको बताउनु भयो ।

सो कार्यक्रम मा कार्यसमितका पदाधिकारी सल्लाहकार तथा अधिबेशन सम्पन्न गर्न गठित निर्बाचन प्रमुख आयुक्त, परिबेक्षक र पत्रकारहरूको उपस्थितिले कार्यक्रमलाई रौनक तथा शोभा बढाएको थियो ।

 

Loading...