
प्रिती राईको उत्कृष्ट गोलमा WAFF महिला च्याम्पियशिपमा लेबाननलाई हराउदै नेपाल फाईनल प्रबेश

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सउदी अरबमा जारी डब्लुएएफएफ महिला च्याम्पियनशिप २०२४ को सेमिफाईनल खेलमा लेबाननलाई हराउदै नेपाल फाईनल प्रबेश गरेको छ ।
आज फेब्रुवरी २७,२०२४ मंगलबारको दिन (न्युयोर्क समय अनुसार) सउदी अरबमा जारी वेस्ट एसिया फुटबल फेडेरेशन महिला च्याम्पियवशिप २०२४ को सेमिफाईनल खेलमा लेबाननलाई १ गोलको बिरुद्ध २ गोल गर्दै च्याम्पियनशिपको फाईनलमा प्रबेश गरेको छ ।

खेलको पहिलो हाफमा नेपालको तर्फबाट रक्षापंक्तीबाट बल पछाडी गोलरक्षकलाई पास गर्ने क्रममा आत्मघाती गोल भएपछी खेलको पहिलो हाफमा लेबानन १-० गोलले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको दोस्रो हाफको केहि समयमा नै गोली साम्बाको नामले परिचित साबित्रा भण्डारीले गोल गर्दै खेलमा टिमलाई बराबरीमा ल्याएको थियो ।
खेलमा लेबानन बिरुद्ध निरन्तर दबाब सृजना गरेको नेपालले खेल अतिरिक्त ५ मिनेटको समयमा कर्नर किकबाट फर्किएर आएको बललाई प्रिती राईले डि एरिया बक्स भन्दा बाहिरबाट प्रहार गरेको बल सिधै जालि चुमेपछी खेलमा २-१ को जित सुनिश्चित भएको हो ।
अबको फाईनल खेल भने नेपालले जोर्डन बिरुद्ध खेल्नेछ ।
