वाफ महिला च्याम्पियनशिपमा साबित्रा र प्रिती नभएको मौकाको फाईदा उठाउदै जोर्डनले उपाधी उचालेको छ ।


मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । सउदि अरबमा जारी वेस्ट एशिया फुटबल फेडेरेसन महिला च्याम्पियनशिप २०२४ मा पेनाल्टीमा ५-३ को गोल निकाल्दै जित हासिल गरेको छ । 

आज फेब्रुवरी २९, २०२४ साउदीमा जारी WAFF महिला च्याम्पियनशिप २०२४ को फाईनल खेलमा नेपाल बिरुद्धको शुटआउटमा ५-३ को नतिजा निकाल्दै जित हासिल गरेको छ । 

खेलको पहिलो हाफको ३१ औ मिनेटमा रेखा पौडेलको पासमा सबिता राना मगरलो उत्कृष्ट गोल गर्दै खेलमा नेपाललाई १-० को अग्रता दिलाएको थियो । तर खेलको दोस्रो हाफमा प्रिती राई घाईते भएर केहि समयको लागी मैदान बाहिरिदा १० खेलाडीमा सिमित नेपाल लाई जोर्डनले दबाबमा राखेको थियो । सोहि अवसरलाई सदुपयोग गर्दै २ लगातार गोल गरेको थियो । 

जोर्डनले २-१ को अग्रता लिईरहहदा जोर्डनले डिबक्स एरियामा रेखा पौडेललाई लडाएपछी पेनाल्टी पाएको नेपालको तर्फबाट पुजा रानाले पेनाल्टी गोल गर्दै खेलमा नेपाललाई बराबरीमा ल्याएको थियो । 

पेनाल्टी शुटआउटमा अमृता जैशीले पेनाल्टी मिस गर्दा जोर्डनको तर्फबाट ५ मा ५ गोल गर्दै उपाधी उचालेको हो । 

खेलको पहिलो हाफ र दोस्रो हाफको केही समय नेपलाले पुरै खेल आफ्नो पक्षमा पारेको थियो । 

 

Loading...