
दोहोरी पारखीहरुको लागी नेपाली भान्छा घर, ज्याक्सन हाईट्समा दर्जन कलाकार संगै दोहोरी धमका हुने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरमा दर्जन कलाकार सहित लोक तथा दोहोरी धमका हुने भएको छ ।

पटक-पटक मम कार्निभल बिजेता तथा ज्याक्सन हाईट्सको उत्कृष्ट नेपाली रेष्टुरेण्ट नेपाली भान्छा घरमा आगामी मार्च १५,२०२४ शुक्रबार सॅाझ ७ः०० बजे बाट मध्यरात सम्म लोक तथा दोहोरी पारखिहरुको लागी लोक तथा दोहोरी धमका सॅाझ हुने भएको हो ।
दोहोरी धमकामा बरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरा, बरिष्ठ लोक तथा दोहोरी गायक मिलन लामा, लोक तथा दोहोरी गायिका संगिता थापा मगर, गायिका शशिकला मोक्तान, बरिष्ठ बाद्यबादक नुच्छे डंगोल, लोक तथा दोहोरी गायक मधुर गिरी, गायक अमर श्रेस्ठ, कलाकार दिनेश सुनार, जेनिशा बस्नेत, नरबिर गुरुंग, ब्रिहती हमाल र बिना छन्त्यालको बेजोड नृत्य र दोहोरी भिडन्त हुने भएको हो ।
कार्यक्रमको अध्यक्ष बिमला हमाल श्रेस्ठ, ब्यवस्थापक अजित शाह ठकुरी र संचालक रेशम जंग शाह हुनेछ ।
