
फ्रेन्ड्स अफ नेपाल, न्युजर्सीको “मःम एण्ड म्युजिक” हुदै, निमा रुम्बा र एन्जल्स ब्याण्डको बिशेष प्रस्तुती हुने

मकै हाउस टिभी एण्ड न्युज,
न्युजर्सी । फ्रेन्ड्स अफ नेपाल, न्युजर्सिको आयोजनामा “मःम एण्ड म्युजिक” फेस्टिभल हुने भएको छ ।

आगामी मार्च १६,२०२४ शनिबार सॅाझ ५ः०० बजे बाट न्युजर्सीको ८० जेफर्सन ब्लभड, एडिसन (80 Jefferson Blvd, Edison, NJ) मा “मःम एण्ड म्युजिक” फेस्टिभल हुने भएको हो । उक्त फेस्टिभलमा सुप्रसिद्ध गायक निमा रुम्बा, राजु लामा (एन्ज्ल्स ब्याण्ड) र रजल लामाको साथै बिभिन्न प्रस्तुती र मःमको बिशेष परिकारहरुको प्रदर्शनी हुने भएको हो ।

