Banner

आदिवासी जनजाती महिला महासंघ, अमेरिकाको नारी दिवस सम्पन्न, मुना राई सम्मानित

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । आदिवासी जनजाती महिला महासंघ, अमेरिकाले न्युयोर्कमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बिशेष अवसरमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

गत मार्च ९,२०२४ शनिबारको दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित आफ्नै कार्यालयमा आदिवासी जनजाती महिला महासंघ, अमेरिकाले “अन्तराष्ट्रिय नारी दिवस” बिशेष कार्यक्रम गरी जानकारीमुलक सहित अन्तरक्रिया कार्यक्रम गरि भब्यरुपमा सम्पन्न गरेको छ । 

ईन्दु गुरुंग लामिछाने र शान्ति जिरेलले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा महासंघकी अध्यक्ष ईन्दिरा चोम्बांगले सभापतित्व गर्हण गर्नुभएको थियो । 

८६ बर्षिया आमा लगायत अरु पनी बृद्ब आमाहरुको बिशेष सम्मान र उपिस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष मैना सिंह बज्राचार्यले राख्नु भएको थियो । 

महिला शसक्तिकरणको साथै आर्थिक अवस्था सुदृढकरण बिकासमा जोड बिशेष जोड दिदै अधिकारका कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्य राख्ने क्रममा विश्वभरका प्रतिनिधिहरुको उपस्थितिमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको भबनमा आयोजना हुने “commission on the status of women (CWS) को ६८ औं संस्करणमा सहभागी हुन आउनुभएकि अनेरास्वबियुकी अध्यक्ष आरती लामाले महिलाहरुको आर्थिक उन्नती र बिकासमा जोड दिनु पर्ने कुरा ब्यक्त गर्नुभएको थियो । मन्तब्य राख्ने क्रममा आदिवासी जनजाती महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुंगले पनि मन्तब्य राखेको थिय । 

कार्यक्रममा मन्तब्य संगै बिशेष जानकारीमुलक पेपर प्रस्तुती पनी गरिएको थियो प्रस्तुती दिने क्रममा बित्तीय तथा सामाजिक सुरक्षा ब्यवस्थापन सम्बन्धी पेपर प्रस्तुती संगिनी राना मगरले प्रस्तुत गह्नु भएको थियो । भने आयकर सम्बन्धी प्रस्तुती निलिमा शाक्यले दिनु भएको थियो । यसै क्रममा रुमी क्षेत्रीले स्वास्थ्य बिमा सम्बन्धी र ईन्दिरा चोंगबांगले महिला अधिकार सम्बन्धी आफ्नो प्रस्तुची पेश गर्नुभएको थियो । 

कार्यक्रममा युक्राकी पुर्ब अध्यक्ष मुना राई गुरुंगलाई बिगत लामो समय देखि सामाजिक कार्य र बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याए बापत बिशेष सम्मान गरिएको थियो भने फिवनालाई सहयोग पुर्याएको योगदानलाई कदर गर्दै सम्राट कार्कीलाई सम्मान गरिएको थियो । 

कार्यक्रमको अन्त्य अन्त्यमा आजिबन सदस्यताको प्रमाण पत्र बितरण आजिबन सदस्य बन्नु भएकि महिला दिदीबहीनी अति कला लामा, शुभद्रा लिम्बु, कृष्ण लामा, सिप्रा चौधरी, किशोरी चौधरी, दिलमाया लिम्बु, शान्ती गुरुंग, ईन्दिरा राई, निलिमा शाक्य र बिष्णु तामांगलाई गर्नु भएको थियो । 

कार्यक्रमको अन्त्यमा न्युयोर्क सिटी मेयर कार्यालयकी दक्षिण एशियाली मामिला सल्लाहकार प्रमुख पाट्रिसिया रघुनन्दको उपस्थिती संगै मन्तब्य राख्नु भएको थियो । माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रीया तुलाधारले आफु जोडिएको संस्थाले न्युयोर्क सिटी र नेपाली संघ सस्थाहरुको सहयोगार्थ पुलको काम गर्ने भएको आफु सदैब सहयोग पुर्याउन तत्पर रहेको कुरा जानकारी गराएकी थिईन् । कार्यक्रममा सभापतित्व गर्हण गर्नु भएकि संस्थाकी अध्यक्ष चोम्बांगले उपस्थिती हुनुभएका सम्पुर्णलाई धन्यबाद ज्ञापन ब्यक्त गर्दै कार्यक्रमको समापनको घोषणा गर्नु भएको थियो । 

Loading...