न्युयोर्कमा सम्पन्न ईजियन अन्तराष्ट्रीय कराते प्रतियोगितामा आईएमए निहोन कराते डोजोले १० पदक जितेको छ ।

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । ईजिएन मार्शल आर्ट्सको आयोजनामा सिटी यूनिभर्सिटी अफ़ न्यूयार्कको स्पोर्ट्स हलमा सम्पन्न अन्तराष्ट्रीय कराते चैम्पियनशिपमा आईएमएनिहोन कराते डो जोले १० पदक जितेको छ । 

गत्त मार्च १०, २०२४ आईतबारका दिन सिटी यूनिभर्सिटी अफ़ न्यूयार्कको स्पोर्ट्स हलमा सम्पन्न अन्तराष्ट्रीय कराते चैम्पियनशिपमा आईएमएनिहोन कराते डो जोका  खेलाडीले १० पदक हात पार्न सफल भएको हो । 

बिभिन्न उमेर समुहमा डोजो बाट ८ जना खेलाडीले सहभागिता जनाएका थिए । १० पदक मध्ये प्रतियोगितामा १ खेलाडीले काश्य पदक जितेका थिए भने अन्य ७ खेलाड़ीले फरक-फरक बिधामा
९ रजत पदक हात पारेका थिए । ८ खेलाडीले १ काश्य र ९ रजत गरी जम्मा १० पदक हात पार्न सफल भएका हुन् । 

बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरु मध्ये हम्लेट इज़ेलोले कुमुते बिधा तर्फ़ काश्य र काता बिधामा रजत पदक जितेका थिए । भने अलान इज़ेलोले काता बिधा र कुमुते गरि दुबै बिधामा रजत पदक जितेका हुन्, अर्का खेलाडी ईजिता मल्लले पनि  काता र कूमुते गरी बिधामा रजत पदक जितेका हुन् । त्यस्तै गरी माथ्यू बुएस्टानले कुमुते तर्फ रजत पदक हासिल गरेका हुन् । र अन्य
सहभागी खेलाडीहरुले  काता बिधा तर्फ क्रमश प्रकृति राना मगर , रब्सेल शेर्पा र ईथान पेगारिडोले रजत पदक हासिल गरेका हुन् । 


प्रतियोगितामा किर्गिस्तान, क्यानाड़ा,स्पेन, अल्जेरिया, नाइजेरिया र संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यहरु गरी  ३०० भन्दा बढी
खेलाडिहरुले  सहभागिता जनाएको थियो । भने प्रतियोगिता बिहानको  ९ः००- सॅाझको ६ः०० बजे सम्म चलेको थियो । 

३५ भन्दा बढ़ी राष्ट्रीय
तथा अन्तरराष्ट्रिय रेफ्री हरुको संयुक्त संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा मुख्य रेफ्री तथा जजमा अन्तराष्ट्रीय रेफ्री शान्त थोकर र कोचमा मेलिन हुई र यूसेई ओशिमा ले नेतृत्व गरेका थिए । 

 

 

Loading...