
कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी दुर्घटना, बिशाल भण्डारी सहित ६ घाईते, एकको अवस्था गम्भिर

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । कमेडी च्याम्पियनका प्रतियोगीहरु चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ, बिशाल भण्डारी सहित ६ जना घाईते भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा आज बिहान अन्दाजी साढे ३ बजे तिर कमेडी च्याम्पियनका एक समुह चढेको कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले दिएको जानकारी अनुसार दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताएका छन् ।
मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेकोमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई दुर्घटनामा घाईते भएका हुन् । भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। भने अरुको अबस्था सामान्य रहेको र बस्याल भने अन्यको तुलनामा गम्भिर घाईते रहेको बताएका छन् ।
विशाल र पूजन संगै टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई घटनाको यथार्थबारे अनुसन्धान थालिरहेको पनि बताएका छन् ।
