Banner

सुदूरपश्चिम समाजले न्युयोर्कमा धुमधामका साथ भब्य होली पर्व मनाएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । संयुक्त राज्य अमोरिकाको न्युयोर्कमा सुदूरपश्चिम समाजले धमधामका साथ भब्य होली पर्व मनाएको छ । 

गत मार्च २४,२०२४ आईतबारका दिन न्युयोर्कको क्विन्स स्थित कोरोना पार्कमा सुदूरपश्चिमेलीहरुले सदा बर्ष झै यस बर्ष पनि होली पर्व बिभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएका छन। 

सुदूरपश्चिमी समुदायको प्रमुख साँस्कृतिक चाड समेत रहेको होली पर्वलाई सुदूरपश्चिमको सँस्कृति झल्किने गरि विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाएका हुन् ।  होली पर्व एक-आपसमा रंग लगाई भाईचारा, सामिप्यता र माया स्नेहको मानब जातीमा स्थायित्वकरणको निमित्त शुभकामना आदान-प्रदान गरी उक्त पर्व मनाईने प्रचलन रहदै आएको छ । समाजले सुदूरपश्चिमको सँस्कृति झल्किने विविध साँस्कृतिक र झाकी कार्यक्रमहरू, बालबालिकाहरूका लागि रमाइलो खेलहरू, राफल चिठ्ठामा आकर्षक उपहारहरूको साथै स्वादिष्ट खानाका परिकारहरूको व्यवस्था पनि गरिएको थियो।

संस्थाका अध्यक्ष दान सिंह बिष्टको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको कार्यक्रम संचालन संस्थाकी सदस्य लक्ष्मी पन्तले गरेकी हुन् ।  भने संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रैभान महराले स्वागत मन्तव्य राखेका थिए।

समाजले आयोजना गरेको होली पर्व मनाउन संस्थाका निवर्तमान अध्यक्ष राम बहादुर देउवा, पूर्व अध्यक्ष गणेश विष्ट, मेरिल्याण्ड राज्य बिधान सभा सदस्य ह्यारी भन्डारी, सुकरानी धनपत (दक्षिण एसियाली समुदायका लागि मेयरको सामुदायिक मामिला इकाई वरिष्ठ सामुदायिक सम्पर्क व्यक्ति) लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नेपालीहरु र विदेशी पाहुना समेत गरी विशाल उपस्थिति रहेको थियो । 

कार्यक्रमको अन्त्यमा सहभागीहरु, सहयोगदाताहरु, स्वयंसेवकहरु र सम्पुर्णलाई आयोजक टिम धन्यबाद ब्यक्त गरेका थिए । 

 

 

Loading...