
नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाको नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसलाई अवसर पारी “प्यानल छलफल” कार्यक्रम सम्पन्न भएको छ ।
गत मार्च २४,२०२४ आईतबारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना), अमेरिकाले अन्तराष्ट्रिय महिला दिवसको बिशेष अवसरमा ४ जना प्रतिष्ठित बिभिन्न बिधाका बिज्ञ महिलाहरुलाई बक्ताको रुपमा आमन्त्रण गरि सम्पन्न गरेको हो ।

महासंघका अध्यक्ष गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङले स्वागत मन्तव्य राखेका थिए ।
आमन्त्रित महिला बक्ताहरुमा बाग्मती प्रदेशकी पुर्ब राज्य मन्त्री तथा उपसभामुख माननिय राधिका तामांग, अनेरास्वियू नेपालकी अध्यक्ष आरती लामा, नेपाल आदिवासी जनजाती महिला सहासंघकी संस्थापक अध्यक्ष संगिनी राना मगर र सोसियल सेकुरिटी लाईसेन्स प्रप्त प्रशिक्षक तथा शेर्पा संघ अमेरिकाकी महिला उपाध्यक्ष डाजिमा शेर्पा रहेकी थिईन् ।
कार्यक्रममा बक्ताहरु संगै फिप्नाका सलहाकार सघिंय परिषदका सभामुख भारती राई सदस्य संस्थाका अध्यक्षहरु नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,जन सम्पर्क समितीका महासचिव मुनिन्द्र नेम्वाङ, नेपाली अमेरिकन कलाकार सघंकी अध्यक्ष वसन्ती राई ,क्वीसं केटिएम लायन्य कलवकी अध्यक्ष रश्मी श्रेष्ठ र कोषाध्यक्ष अरुणा तामांग ,एन. आर. एन. ए. न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा एवं अन्य आमणन्त्रित प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

महासंघका महासचिब दिपक चौधरीले मोडेरेटरको भुमिका निभाऊदै सम्पुर्ण प्रश्नहरु पनि आफैले सोधी बक्ताहरु संग उक्त प्रश्नको जवाफ मागेका थिए । बक्ताहरुले उक्त प्रश्नको उत्तर दिदै कार्यक्रमको अन्त्य सम्म पुग्दा बिभिन्न बक्ताहरुले आ-आफ्ना राय तथा प्रतिबद्धता समेत ब्यक्त गर्ने क्रममा प्यानल छलफलमा वक्ताको रुपमा रहनुभएकी पुर्व राज्यमन्त्री राधिका तमाङले आफु नेत्रित्व पङ्तीमा रहदै गर्दा सिगों आदिवासी जनजातीको अधिकारको मुद्दालाई जोडदार सगं सदनमा उठाउने गरेको र निरन्तर उठाईरहने प्रतीवद्धता समेत व्यक्त गर्नु भएको थियो । साथै आदिवासीको मुद्दालाई राजनितीक हिसाबले हेरीनु हुन्न हामी सबै जुनसुकै पार्टीमा आबद्द भएपनी सबैले सबैतिरबाट एकजुट भएर लाग्नु पर्छ भन्ने अभिव्यक्ती दिनुभएका थिए ।

त्यस्तै गरी अर्का वक्ता अनेरास्नवियूकी केन्द्रीय अध्यक्ष आरती लामाले हामी आदिवासी जनजातीले शिक्षालाई प्रथामिक्ता दिनुपर्छ जबसम्म हामीले शिक्षामा लगानी गरी शैक्षिक अवस्था सुधार सक्दैनौ तबसम्म हामीले हाम्रो लक्ष्यमा पुग्न गाह्रो हुने कुरा जाहेर गर्नु भएको थियो ।
यसैगरी आदिवासी जनजाती महिला महासंघका संस्थापक अध्यक्ष सगिंनी राना मगरले आदिवासी जनजातीको मुद्दाहरु महिला र पुरूषको संयुक्त प्रयासबाट मात्र सम्भब हुने भएकोले कुनै पनी मुद्दाहरुमा महिला पुरूषको संयुक्त सहभागी हुनु जरुरी भएको घारणा व्यक्त गर्नु भएको थियो ।
यसैगरी अर्का वक्ता डाजीमा शेर्पाले सोसियल सेकुरिटी सम्बन्धी महत्वपुर्ण बिषयमा आफ्नो शैक्षिक धारणा प्रस्तुत गक्नुभएको थियो । जस्तै महिला पुरूष ले कसरी कुन उमेरमा कुन- कुन अवस्था महिला वा पुरूषले सोसियल सेक्युरिटी क्लेम गर्न सकिन्छ भन्ने लगायतका कुराहरुमा प्रष्ट पार्दै सोसियल सेकुरिटी सम्बन्धी कुनै पनी समस्या वा जिज्ञसा भए सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा फिवनाकी अध्यक्ष ईन्दिरा चोंगबांगले बक्ताहरुबाट अपेक्षा गरिए अनुसार उत्तर प्राप्त नभएको कुरा ब्यक्त गर्नु भएको थियो । त्यस्तै गरि महासंघकी सभामुख भारती राईले महिला दिवसको अवसर गरिएको यस् कार्यक्रममा महासंघ जस्तो ठुलो संस्थाको उच्च पदमा महिलालाई स्थान दिएकोमा फिप्नाको उच्च प्रशंसा गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सभापतित्व गरेका महासंघका अध्यक्ष तोरण गुरुंगले नारि दिवसको बिशेष अवसरमा आफ्नो अमुल्य समय दिनु भएकी सम्पुर्ण बक्ताहरुलाई समेट्दै संसारभरका नारीहरु प्रती उच्च सम्मान ब्यक्त गर्दै कार्यक्रमको समापन गरेको हो ।
