Banner

अमेरिकाको म्यारिल्याण्डमा भएको गाडी दुर्घटना एक जना नेपाली महिलाको निधन भएको छ, भने ४ घाईते मध्ये १ को अबस्था नाजुक

 

मकै हाउस टिभी एण्ड न्युज, 

 भर्जिनिया । संयुक्त राज्य अमेकिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा बिगत केहि बर्ष देखि बसोबास गर्दै आईरहनु भएकी पार्वती रेग्मी पौडेलको मेरिल्याण्डमा गाडी दुर्घटनामा परि निधन भएको छ । भने  ३ जना घाइते र १ जनाको अवस्था गम्भीर रहेको छ । 

गत मार्च २४,२०२४ आईतबार सॅाझ करिब ६:०० बजे तिर म्यारिल्याण्डको प्रिन्स जर्ज काउन्टीको मलार्ड ड्राइभ तथा लौरेल बोवी रोड(सडक)को क्षेत्रमा दुईवटा सवारी साधन एक आपसमा ठोक्किदा  दुर्घटना भएको स्थानिय समाचारले लेखेको छ । 

गाडीमा सवार ५ जनालाई दुर्घटना लगत्तै नजिकको अस्पताल पुर्याएको केहि समयमा  ४६ बर्षिया पार्वती रेग्मी पौडेललाई अस्पतालले मृत घोषणा गरेको हो । भने दुर्घटनामा परेका अन्य ३ जनाको अबस्था सामान्य र अर्को एक जनाको अबस्था नाजुक रहेको पनि बताईएको छ । 

Loading...