
फिप्नाको आयोजनामा मेयर चिरी वावु महर्जन संगको भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना), अमेरिकका आयोजनामा मेयर चिरी वावु महर्जन संगको भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो ।
गत मार्च २८, २०२४ विहिवारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो । महासंघका अध्यक्ष तोरण गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको औपचारिकता महासचिव दिपक चौधरीले गरेका थिए ।

भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रममा प्रमुख अतिथि ललितपुर उपमहानगरपालीकाका मेयर चिरी वावु महर्जन , फिप्नाका सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल , नेपाली अमेरिकन कलाकार सघंकी अध्यक्ष वसन्ती राई, शेर्पा किदुग यु.एस.ए.का महासचिब साङ दोर्जे शेर्पा ,किरातयाकथुङ चुमलुङ यु.एस.ए.का निवर्तमान अध्यक्ष सुमन थामसुङ ,गुरुङ (तमु) सोसाईटी यु,एस,एका अध्यक्ष ओम गुरुङ, युक्रा युनाईटेड किरात अर्गनाईजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरकी, अध्यक्ष ममता खालीङ राई ,ओर्ल्ड नेवा गुठठी उपाध्यक्ष र नेपाली अमेरिका समाजका निवर्तमान अध्यक्ष समिर महर्जन ,फिप्नाका पुर्व महासचीव र नेवा गुठ्ठी न्युयोर्कको संस्थापक अध्यक्ष आदित्य महर्जन , माईनोरिटी ईम्पावरमेन्ट नेटवर्क युएसएका अध्यक्ष श्याम कार्की , साहित्यकार गिता खत्री , नृत्य निर्देशक गोबिन्द राई , शेर्पा केदुकका निवर्तमान अध्यक्ष उर्गेन शेर्पा , तामाङ सोसाईटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष छेवाङ तमाङ , सामाजिक अभियन्ता बिष्णु राना मगर ,
हामी नेपाली ग्लोबलका प्रथम उपाध्यक्ष नवराज केसी र अन्य अतिथीहरू एवं आमणन्त्रित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
आफ्नो क्षेत्रको जनताको विश्वास जित्न सफल ललितपुर उपमहानगरपालीकाका मेयर चिरी वावु महर्जन लतितपुर उपमहानगरपालिकामा ३ पटक सम्म वडा अध्यक्ष र मेयरमा २ पटक निर्वाचित भईसकेका
महर्जनले सहभागिहरूबाट आएको जिज्ञासालाई प्रष्ट पार्दै देश र समाज विकासका लागि आफुले काम गर्दै गर्दा भएको उपलब्धि र चुनौतीका बिषयमा समेत आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।
