
नेपाली मुलका अमित साह न्युयोर्क, क्विन्स बोरो सामुदायिक बोर्ड सदस्यमा नियुक्त

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाली मुलका अमित साह न्युयोर्क शहर क्विन्स बोरो सामुदायिक बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
न्युयोर्क शहरको क्विन्स बोरो प्रमुख रिचार्ड डोनोभानको कार्यालयले अमित शाहलाई ईमेल मार्फत बधाई दिदै क्विन्स बोरो सामुदायिक बोर्ड ६ का सदस्यको रुपमा मनोनित गरिएको कुरा जानकारी गराएका हुन् ।
ईमेल मार्फत बोरो प्रमुखको कार्यालयले साहलाई बोर्ड ६ को सदस्यमा मनोनित गरेको जानकारी गराउदै कार्यकाल अप्रिल १,२०२४ बाट सुरु भई मार्चको ३१, २०२६ (२ बर्ष) सम्म रहने समेत जानकारी गराएका छन् । भने शपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम अप्रिल १५,२०२४ सोमबारका दिन क्विन्स बोरो कार्यालयको हलमा सॅाझ ६ः१५ बजे हुने छ ।

को हुन् त अमित साह ?
नेपालको सिरहा जिल्लामा जन्मिएका साहले काठमाण्डौ बिश्वबिधालयबाट स्नातक तह सम्मका शिक्षा हासिल गरेका हुन् । बिगत १७ बर्ष देखि संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्य हुदै न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका साह श्रीमती, एक छोरा र एक छोरी संगै बस्दै आईरहेका छन् । पेशाले स्वास्थ्य कर्म गरिरहेका साहका श्रीमती पनी स्वास्थ्य पेशा मै संलग्न छिन् ।
स्वास्थ्य पेशालाई अंगाले पनि समुदायको बिकास र उन्नती प्रती सधै चासो र चिन्तित रहने साह बिगत डेढ दशक देखि सामाजिक हितको निमित्त निरन्तर कटिबद्ध भएर लागिरहेका एक सामाजिक योद्धा हुन् । मिस नेपाल युएसए, एशिएन अमेरिकन हल अफ फेम अवार्ड सेरेमोनी, नेप्लिज अमेरिकन फेस्टिभल र मिथिला फेस्टिभल लगाएत दर्जनौ राष्ट्र पहिचान ठुला कार्यक्रमहरुको उत्तरदायित्व बहन गरिसकेका साह बिभिन्न खाले दर्जनौ ईज्जतिलो अवार्डबाट समेत सम्मानित भैसकेका छन् ।
साह बिगत लामो समय देखि क्विन्स बोरोको कार्यालय संग नजिक रहि सामाजिक काममा हातेमालो गर्दै आईरहेका छन् । प्रतक्ष्य वा अप्रतक्ष्यरुपमा समाजमा सामाजिक रुपान्तरणको निमित्त पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै बोरोको कार्यालयले साहलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
