Banner

क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कको ९ औ बार्षिकोत्सव सम्पन्न, ४ सामाजिक ब्यक्तित्व सम्मानित

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कको ९ औ बार्षिकोत्सव सम्पन्न भएको छ । ४ सामाजिक ब्यक्तित्व सम्मानित भएको छ । 

गत मार्च ३१, २०२४ आईतबार सॅाझ न्युयोर्कको क्विन्स स्थित काष्ठमण्डप रेष्टुरेण्ट एण्ड बारको हलमा क्विन्स बुद्ध लायन्स क्लबले आफ्नो ९ औ बार्षिकोत्सव मनाएको हो । क्लब मार्च २०१६ मा स्थापना भएको हो । क्लबको पहिलो अध्यक्ष २०१६ मा कृ्ष्ण आचार्यको नेतृत्वमा २२ जना सदस्य सहित सुरुवात भएको हो । जुन न्युयोर्कमा नेपालीहरुको पहिलो लायन्स क्लब पनि हो, क्लब स्थापना गर्नमा मंगलदास श्रेष्ठको निकै ठुलो भुमिका रहेको थियो । लायन आचार्यले २०१६ र १७ गरी दुई कार्यकाल नेतृत्व गरेको थियो । त्यसपछी लायन बेगम पंडितको नेतृत्वमा २०१७-२०१८, लायन अर्जुन गौडेलको नेतृत्वमा २०१८-२०१९, लायन रिमाया नेपालीको नेतृत्वमा २०१९-२०२० र २०२१, लायन खडग पुलामी (बिक्की)को नेतृत्वमा २०२२-२०२३ र हाल लायन दिपक राज घिमिरेको नेतृत्वमा क्लबले आफ्नो ९औ बार्षिकोत्सव सम्पन्न गरेको हो । 

क्लबको ९औ बार्षिकोत्सवमा लायन्स क्लब ईन्टरनेशनल, डिस्ट्रिक्ट २०-क१ का डिस्ट्रिक्ट गभर्नर एन्टोनियो रोबल, पहिलो उपगभर्नर रोमियो हितलाल, न्युयोर्क राज्यका बिधानसभा सदस्य माननिय स्टेभन रागा, अन्य बिभिन्न क्लबका पदाधिकारी, लियोहरु र आमन्त्रित ब्यक्तित्वहरुको उपस्थितीमा क्लबले भब्य बार्षिकोत्सव मनाएको हो । 

बार्षिकोत्सवमा औपचारिकता क्लबका सचिब सांग दोर्जे शेर्पाले गरेका थिए भने कार्यक्रममा अतिथी कलाकारको रुपमा आउनुभएका बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागीले मिठो गित प्रस्तुत गर्दा उपस्थित सबैजना झुमेका थिए । 

क्लबले आफ्नो बार्षिकोत्सवमा न्युयोर्कमा रहि न्युयोर्क समाज र नेपालमा समेत बिभिन्न क्षेत्रको माध्ययमबाट अमुल्य योगदान पुर्याएका केहि बिशेष ४ सामाजिक ब्यक्तित्वहरुलाई “कम्युनिटी रिकगनिशन अवार्ड”ले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा राजेश भट्ट, मंजु लामा बिष्ट, सुनिता भण्डारी र टासि दोर्जे शेर्पा हुनुहुन्थ्यो । 

कार्यक्रमको अन्त्यमा क्लबका सम्पुर्ण पदाधिकारीहरु र डिस्ट्रिक्टका पदाधिकारीहरुको संयुक्त हातबाट केक काटी बार्षिकोत्सव सम्पन्न गरेको हो । 

 

Loading...