
न्युयोर्कको क्विन्समा कराते प्रशिक्षक जनक सिंह खड्काको कार दुर्घटना भएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको क्विन्समा कराते प्रशिक्षक जनक सिंह खड्काको कार दुर्घटनामा परेको हो ।

आज अप्रिल ७,२०२४ बिहान १०ः०० बजे तिर न्युयोर्कको क्विन्समा बरिष्ठ प्रशिक्षक जनक सिंह खड्काको कार दुर्घटना भएको हो । क्विन्सको ६९ स्ट्रिटको ४७ एभिन्यू र क्विन्स ब्लभडको मध्यमार्गमा उक्त घटना घटेको हो ।

नेपाली कराते प्रशिक्षकहरुको समुहले संचालन गरेको च्याम्पिन मार्सल आर्ट्स क्लबको आयोजनामा कराते खेलाडी एरिका गुरुंगको सम्मानार्थ राखिएको कार्यक्रमको तयारीमा जुट्ने क्रममा बाहिर साथि लिन निस्कदा सोहि दिशाबाट तोकिएको स्पिड लिमिट भन्दा उग्रगतीमा आएको कार संग आफुले पार्क गरेको ठाऊॅबाट कार निकाल्ने क्रममा दुई कार एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
कार दुर्घटना भएपछी दुबै पक्षको कारको अगाडी भागमा ठुलो नकारात्मक असर गरेपनी दुर्घटनामा परेका कराते प्रशिक्षक खड्काको स्वास्थ्य अबस्था जाचको निमित्त नजिकको हस्पिटल गएका छन् ।
