Banner

युएस ओपन अन्तराष्ट्रिय कराते च्याम्पिनशिपमा २ पदक जितेकी एरिका गुरुंगलाई नगद सहित न्युयोर्कमा बिशेष सम्मान

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । च्याम्पियन मार्शल आर्टश क्लव यु एस एको आयोजनामा कराते खेलाडी एरिका गुरुंगलाई नगद पुरस्कार सहित प्रमाण पत्र र अमेरिकी सरकार अन्तर्गत क्विन्स बोरोको कार्यालय र क्विन्स काउन्टिको कार्यालयबाट साईटेसन द्वारा सम्मान गरिएको छ । 

खेलाडी तथा कानुनका बिधार्थी सिद्धार्थ लामाले संचालन गरेको उक्त खेलाडी अभिनन्दन कार्यक्रममा १३ औ एसियन गेम्सका ब्रोन्ज मेडलिस्ट तथा बरिष्ठ कराते खेलाडी समर ध्वज लामाको प्रमुख अतिथ्यता र ११औ सागका गोल्ड मेडल बिजेता तथा च्याम्पियन मार्शल आर्ट्सका संचालक सुनिल लामाले सभापतिको आशन ग्रहण गर्नु भएको थियो । 

 

उक्त सम्मान कार्यक्रममा संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यको ड्यालासमा भर्खरै सम्पन्न भएको यूएस ओपन अन्तराष्ट्रिय कराते प्रतियोगितामा जुनिएर तर्फ गोल्ड मेडल र सिनिएर समुह तर्फ सिल्भर मेडल जित्न सफल कराते खेलाडी एरिका गुरुंगलाई नगद अमेरिकी डलर र प्रमाण पत्र सहित बिशेष सम्मान गरिएको थियो । सम्मानित गुरुंगले यस् पटक भन्दा पहिले एसियन च्याम्पियनशिपमा सिल्भर मेडल जितिसकेकी थिईन् । 

आज अप्रिल ७,२०२४ आईतबारका दिन न्युयोर्कको क्विन्स स्थित नेपाली कराते गुरुहरुले संचालन गरेको च्याम्पियन मार्शल आर्ट्स डोजोको कभर्डहलमा सम्पन्न खेलाडी अभिनन्दन कार्यक्रममा सम्मानित गुरुंग संगै नेपालबाट पाल्नु भएका आठौ र नवौं साग गेम्सका गोल्ड मेडल विजेता तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ विशेष अतिथीको रुपमा उपस्थिती हुनु भएका थिए । भने १३ औ साग गेमकी गोल्ड मेडल बिजेता अनु अधिकारी र अर्का १३ औ सागका गोल्ड मेडल बिजेता विप्लभ श्रेष्ठ अतिथीका रुपमा उपस्थिती हुनुभएको थियो । 

खेलाडी एरिका गुरुंगलाई भर्खरै ड्यालासमा सम्पन्न अन्तराष्ट्रिय कराते च्याम्पियनशिप जुनिएर समुह तर्फ गोल्ड र सिनियर तर्फ सिल्भर मेडल जिती नेपालको नाम उच्च बनाउन सहयोग पुर्याएको र नवखेलाडीहरुलाई पनि खेल प्रति लाग्न उत्प्रेरित गर्नु भएको योगदानको बिशेष कदर गर्दै अभिनन्दन कार्यक्रमका आयोजक च्याम्पियन मार्शल आर्टश क्लव युएसएको तर्फबाट अमेरिकी डलर नगद उपहार संगै अन्य संघ संस्था तमु परिवार न्युयोर्कको तर्फबाट $२७५६, तमु सोसाईटीको तर्फवाट  $९५३ सुदुर पश्चिम समाज अमेरिकाको तर्फवाट $५५०, ईन्टरनेशनल मार्शल आर्टश एसोसियसन न्युयोर्कको तर्फबाट $१९०, मामा भान्जा समुह न्युयोर्कको तर्फवाट $१०१०,रेड पाण्डा नेपाली रेष्टुरेण्टको तर्फवाट $२०० र अन्य उपस्थित पाहुनाहरुको सहयोग समेत गरी अमेरिकी डलर नगद  $७०११ सहयोग र प्रमाण पत्र सहित न्युयोर्कको क्विन्स बोरो प्रेसिडेन्टको कार्यालय र क्विन्स काउन्टिको कार्यालयबाट सईटेसनले बिशेष सम्मान गरिएको थियो । 

कार्यक्रममा आयोजक डोजोले समुदायका सबैको लागी हुनेगरी प्रत्येक आईतवार बिहान २ शिफ्ट गरी निशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने घोषणा समेत गरेका थिए । 

 

 

Loading...