
मिलन चाम्सको ‘वर एण्ड बधु’मा कुसुम शर्माको महत्वपुर्ण भुमिका रहने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । मिलन चाम्सको निर्देशनमा तयार भइरहेको चलचित्र ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन सुरुहुन पुर्व पछिल्लो समयकी चर्चित मोडल कुसुम शर्मालाई महत्वपुर्ण भुमिकामा आफ्नो चलचित्रमा चाम्सले प्रबेश गराएका छन् ।
दोस्रो चरणको छायांकन वैशाखको ३ गतेबाट सुरु हुने भएको हो । चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन रोमानियामा गरिएको भएको हो । यसैबिच, यस् चलचित्रमा मोडल कुसुम शर्मालाई महत्वपूर्ण भुमिका अनुबन्ध गरिएको छ ।

पछिल्लो समयकी म्युजिक भिडियोकी सफल मोडल कुशुम शर्माले यस् चलचित्रबाट ठुलो पर्दामा पाईला टेक्दै छिन् । चलचित्रमा कुसुम संगै श्रृष्टी श्रेष्ठ र हिमेश पन्त पनि महत्वपुर्ण भूमिका देखिने छ ।
चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्रमा सुदिप बरालले छायांकान गरिरहेका छन् भने हिमाल केसिको द्वन्द्व निर्देशन रहेको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुने यस् चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । प्रदर्शनको मिती तय नभईसकेको चलचित्र विवाहको संकृती, प्रेम, रोमान्स र एक्सनमा आधारित छन् ।
