
हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोको नयॅा एम्बेसडरमा जनक सिंह खडका चयन

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोको नयॅा एम्बेसडरमा जनक सिंह खडका चयन भएका छन् ।
हिमानी ट्रष्ट अमेरिका ब्यूरोको आन्तरिक रुपमा बसेको बैठकले नयॅा न्युयोर्क ब्यूरोको निमित्त कराते प्रशिक्षक जनक सिंह खड्कालाई एम्बेसडरको रुपमा चयन गरेको हो ।

न्युयोर्क स्थित वुडसाईमा रहेको च्याम्पियन्श मार्सियल आर्ट्स क्लबका समेत प्रशिक्षक रहेका जनक सिंह खड्का सहित १३ सदस्सिय टोली गठन गरेको हो । खड्काको नयॅा नेतृत्वको टोलीमा भवानी लामा, रुपा शाह, बिनम तिवारी, आशा पाण्डे, मम्पि घोष, कान्छी माया शेर्पा, रानु गिरी, केशव श्रेष्ठ, कृष्ण माया महर्जन, सुनिल क्षेत्री, दुर्गा खत्री र मिंग्मा शेर्पा बिभिन्न पदमा चयन भएका हुन् ।
भने नयॅा कार्य समितीमा क्विन्स केटिएम लायन्स क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका रुद्र पुन बिशिष्ट सल्लाकार र निबर्तमान न्युयोर्क ब्यूरोका एम्बेसडर शंकर बिशुंके सल्लाहकारमा चयन भएका हुन् ।

