
नेपाल डे परेड २०२४ न्युयोर्कको प्राम्भिक चरणको बैठक सम्पन्न, शेर्पा किदुगलाई कन्भेनरको जिम्मा

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाल डे परेड २०२४ न्युयोर्कको प्रारम्भिक चरणको टाउनहल बैठक सम्पन्न भएको छ । बैठकले शेर्पा किदुग अमेरिकालाई यस् बर्षको कन्भेनर चयन गरेको हो ।

हिजो अप्रिल २०,२०२४ शनिबारका दिन न्युयोर्क, क्विन्सको ज्याक्सन हाईट्समा बोलाईएको टाउनहल प्रारम्भिक चरणको बैठकबाट शेर्पा किदुगका अध्यक्ष ई.तेम्बा शेर्पालाई नेपाल डे परेड २०२४ न्युयोर्कको कन्भेनर चयन गरेको हो ।

त्यस्तै गरी टाउनहल बैठकले उप-कन्भेनरहरुमा सुदुर पश्चिम समाजको प्रतिनिधी, रिजवुड नेपाली समाजको प्रतिनिधी, गोर्खा समाजको प्रतिनिधी र चितवन समाजका प्रतिनिधीलाई चयन गरेको छ । त्यस्तै गरी अन्य कार्यसमितीमा मिडिया संयोजकको जिम्मा बिक्की पुलामी, सांस्कृतिक संयोजकको जिम्मा बसन्ती राई, झाकी संयोजकको जिम्मा शंकर पौडेल, ट्रक ब्यवस्थापनको जिम्मा लंग आईल्याण्ड नेपाली समाज, स्वयंसेवक संयोजकको जिम्मा भोटेकोसी समाज, अतिथी सत्कार संयोजकको जिम्मा रश्मी श्रेष्ठ, प्रचार प्रसार संयोजकको जिम्मा चमेली खाती परियार, र्याली ब्यवस्थापन समितीको जिम्मा पर्बत सेवा समाज, कार्यक्रम ब्यवस्थापनको जिम्मा बासु लामिछाने, युवा संयोजकको जिम्मा राजेश सापकोटालाई दिईएको हो ।

प्रदेश संयोजकको जिम्मा कोशी प्रदेशको लागी टिका ढकाल, गण्डकी प्रदेशको लागी गोर्खाली समाज, लुम्बिनी प्रदेशको लागी टिका थापा, बाग्मती प्रदेशको लागी पासांग शेर्पालाई दिईएको छ भने प्रदेश कन्भेनर लक्ष्मी थापा र
उप-कन्भेनरको जिम्मा मधेसी एसोसिएसन ईन अमेरिकाको तर्फबाट सुवास साहलाई जिम्मेबारी हस्तान्तरण गरिएको छ ।

हिजो बसेको प्रारम्भिक चरणको टाउनहल बैठकले हाल सम्म यि बिभिन्न शिर्षकको संयोजक तय गरेको हो । र बाकि अन्य शिर्षकको जिम्मेबारी अन्य चरणको बिभिन्न प्रकृयाबाट निधो गरी मे १९ मा हुने नेपाल डे परेड २०२४ लाई भब्य सम्पन्न गर्न प्रतिबद्ध भएको हिजो सम्पन् बैठकले तय गरेको हो ।
