Banner

मगर संघ अमेरिका, बोस्टन च्याप्टर द्वारा मा. ईन्दिरा राना मगर स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

·

 

मकै हाउस टिभी एण्ड न्युज, 

बोस्टन । मगर संघ अमेरिका, बोस्टन च्याप्टर द्वारा उपसभामुख माननिय ईन्दिरा राना मगरको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

गत अप्रिल २४, २०२४ बुधबारका दिन म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा मगर संघ अमेरिका, बोस्टन च्याप्टरले नेपालबाट अमेरिका बिशेष भ्रमणमा रहनु भएकी उपसभामुख तथा बन्दि सहायता नेपालकी संस्थापक अध्यक्ष माननिय ईन्दिरा राना मगर संगको भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । 

च्याप्टर सचिव बिकास थापा मगरले औपचारिकता दिएका कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष देवराज पुन मगरले गरेका थिए भने प्रमुख अतिथ्यता माननिय राना मगरले गर्नु भएको थियो । 

कार्यक्रममा माननिय राना मगर संगै बिशेष अतिथीको रुपमा बन्दि सहायता नेपालकी बर्तमान अध्यक्ष सुबानी आले मगर र बिदेशी पाहुना स्टिभ वालेन पनि सहभागी हुनुभएको थियो । साथै अन्य अतिथीहरुमा च्याप्टरका सल्लाहकारद्वय धिरज पुन मगर , चन्द्र पुन मगर र धन थजाली मगर ,उपाध्यक्षद्वय कुशमाया ( मन्जु) थापा मगर र अमन थापा मगर सहित अन्य बोस्टनबासीहरुको पनि उपस्थिती रहेको थियो ।

उपस्थित पाहुनाहरुको बिशेष मन्तब्य सहित सम्पन्न उक्त स्वागत तथा भेटघाट कार्यक्रममा च्याप्टर द्वारा बन्दि सहायता नेपालको सहोगार्थ स्वरुप केहि नगद पनि संस्थाकी बर्तमान अध्यक्ष सुवानी आले मगरलाई हस्तान्तरण गरिएको थियो । 

र कार्यक्रमको अन्त्यमा च्याप्टरको बिशेष आयोजनामा आगामी जुनमा समर पिकनिक गर्ने निर्णय गरी खाजा ग्रहण गरी कार्यक्रम सम्पन्न भएको हो । 

 

 

Loading...