
पर्वत सेवा समाज अमेरिकाको अध्यक्षमा सुर्य पौडेल चयन

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । भर्खरै सम्पन्न पर्बत सेवा समाज अमेरिकाको अधिवेशनबाट अध्यक्ष पदमा सुर्य पौडेल चयन भएको हो ।
हिजो अप्रिल २५,२०२४ बिहिबार सॅाझ न्युयोर्क, क्विन्स स्थित ज्याक्सन हाईट्समा सम्पन्न भएको पर्बत सेवा समाज अमेरिकाको अधिवेशनले सुर्य पौडेललाई निर्बिरोध अध्यक्ष पदका लागी चयन गरेको हो ।

चयन भएका पौडेल नेतृत्व नयॅा कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष पदमा नर बहादुर जिसी, उपाध्यक्ष पदमा प्रबिण गिरी, महिला उपाध्यक्ष पदमा ईन्दु थापा, महासचिव पदमा प्रकाश शर्मा, सचिव पदमा बिशाल रेग्मी, कोषाध्यक्ष पदमा बिनोद कुमार शर्मा, सह-कोषाध्यक्ष पदमा किशोर लामिछाने र सदस्यहरुमा कृष्ण केसी, मनिष रिजाल, जिबन रेग्मी, राजु पुन, पुर्ण श्रेष्ठ, राम बहादुर क्षेत्री, सुदिप पौडेल, सन्तोष लामिछाने, प्रकाश क्षेत्री, दिपक सुवेदी, सुनिल रेग्मी, अर्जुन लामिछाने, धनेन्द्र रेग्मी र कृष्ण प्रसाद पौडेल निर्बिरोध चयन भएका हुन् ।

