
ईलाम २ मा भारी मत सहित सुहांग नेम्बाङ बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका कान्छा उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालय द्वारा प्राप्त जानकारी अनुसार सुहांग नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत र रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्दै तेस्रो र चौथौ भएका छन् ।

निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्कालाई ५८३० मतान्तर सहित पछी पार्दै नेम्वाङले प्रतिनिधि सभाको यात्रामा बाजि मारेका हुन् ।
