न्यूयोर्क शहरमा कन्जेक्सन टोल लागू, कहिले बाट ? टोल दर कती ?

 

मकै हाउस टिभी एण्ड न्युज, बिरिश घर्ती

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्क सिटी म्यानहट्टनमा प्रवेश गरे बापत मे महिनाको अन्तिम दिनबाट यो गर्मी मौसमसँगै प्रत्येक सवारीधनी चालकहरूलाई कन्जेक्सनरिलिफ टोल तिर्नुपर्ने ब्यवस्था लागू गर्न लागिएको छ । यस्तो ब्यवस्था लागू गरिए, कन्जेक्सनरिलिफ टोल तिर्नुपर्ने ब्यवस्था न्यूयोर्क शहर पहिलो अमेरिकी सहर हुने भएको छ। सिंगापुर,लन्डन, स्टकहोम, मिलान र गोथेनबर्ग जस्ता शहरहरूमा यस्तो योजनाहरू लागू भई सकेका छन् भने यस्तो ब्यवस्था लागू गरिए अमेरिकाको न्यूयोर्क शहर विश्वमा छैठौं नम्बरमा हुनेछ ।

न्यूयोर्क ट्रान्जिट अधिकारीहरूले म्यानहटनमा हुने सवारी साधनहरूको भीडभाड नियन्त्रण गर्न मूल्य निर्धारण योजनालाई अनुमोदन गरेका छन, जसले म्यानहट्टनको व्यस्त भाग, ६० अौ स्ट्रीट देखि दिन र रातको समयमा प्रवेश गर्ने अधिकांश सवारी चालकहरूका लागि कन्जेक्सनरिलिफ शुल्क लाग्नेछ।
म्यानहटनमा सवारीहरूको लागि टोलको मूल्य निर्धारण दस्तुर काट्न जुन महिना ३० गते बिहानको समयबाट सुरु हुने सेटअप गरिएको छ। जसलाई सवारी साधनहरूको लाइसेन्स नम्बर प्लेटहरू स्क्यान गर्ने १०० भन्दा बढी MTA क्यामेराहरू विभिन्न स्थानमा राखिएका छन्।

कन्जेक्सनरिलिफ टोल तिर्न म्यानहट्टनको मूल्य निर्धारण क्षेत्र ६०औं स्ट्रिट देखि उत्तरतर्फ डाउन टाउनको तल्लो अन्तिम भाग सम्मलाई तोकिएको छ । म्यानहट्टनको यो छेत्रलाई प्रमुख केन्द्रीय व्यापारीक क्षेत्र मानिन्छ ।

म्यानहट्टनमा प्रवेश गर्न र उक्त क्षेत्रहरूमा क्वीन्सबोरो ब्रिज, क्वीन्स-मिडटाउन टनेल, विलियम्सबर्ग ब्रिज, म्यानहट्टन ब्रिज, ब्रुकलिन ब्रिज, हग केरी टनेल सहित  हल्याण्ड टनेल र लिंकन टनेल समावेश छन्।

म्यानहट्टनको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा प्रवेश गर्नका लागि टोलको अतिरिक्त शुल्क लिन, यस्तो योजनाको नामाकरण जसलाई MTA ले “कन्जेसन रिलिफ जोन” राखेको छ । यस्तो टोलको मूल्य निर्धारण योजनाले प्रत्येक दिन म्यानहट्टनमा एक लाख भन्दा बढी सवारी साधनहरूको चाप कम हुने MTA ले अनुमान गरेको छ । जस्ले गर्दा धेरै मानिसहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहन गर्नेछ भने सार्वजनिक बस तथा आकस्मिक सवारी साधनहरूको आवागमनमा सहज ल्याउन, प्रदूषण कम गर्न र सबवे प्रणालीमा सुधार गर्नलाई यस्तो योजनाले आवश्यक रकम जुटाउन सहयोग पुग्नेछ।

प्रत्येक हलुका र हेवि सवारीसाधन अनुसार टोलको मूल्य दर रेट निर्धारण गरिएको छ भने दिन र रातको फरक-फरक दर रेट तोकिएको छ। रातिको टोलको मूल्य दर रेट भने ७५% प्रतिशत कम निर्धारण गरिएको छ ।

निजी साना सवारीसाधनहरू र व्यवसायीक सवारीसाधनहरूको लागी सोमबारदेखि शुक्रबारसम्म बिहान ५ बजे देखि बेलुका ९ बजेसम्म $१५ डलर टोलको दस्तुरलागू गरिएको छ भने रातिको समय र शनिबार र आईतवारको दिनमा $३ डलर ७५ सेण्ट टोलको दस्तुर लागू गरिएको छ । मोटरसाइकललाई $७ डलर ७५ सेण्ट दिनमा र $१ डलर ७५ सेण्ट रातमा टोलको दस्तुर लागु गरिएको छ । साथै ट्रक र बसहरूलाई दिनको समयमा तिनीहरूको साइज र उद्देश्यको आधारमा $२४ वा $३६ डलर टोलको दस्तुर लाग्नेछ भने रातभरको टोलको दस्तुर $६ डलर र $९ डलर लाग्नेछ ।

त्यसैगरी यात्रुहरू बोक्ने एल्लो क्याब र ग्रिन क्याब ट्याक्सीहरू सहित भाडामा लिने सवारी साधनहरूका लागि प्रति यात्रा $१ डलर २५ सेण्ट तोकिएको छ भने उबर र लिफ्ट जस्ता यात्रुहरू बोक्ने उच्च-भोल्युमका सवारीका लागि-भाडा सेवाहरूद्वारा पठाइएका यात्राहरूको लागि प्रति यात्रा $२ डलर ५० सेण्टको टोल चार्ज लाग्नेछ। यी सवारीसाधनका लागि भने रातिको छुट लागू गरिएको छैन् ।

आपतकालीन सवारी साधनहरू, अपाङ्गता भएका व्यक्तिलाई ढुवानी गर्ने योग्य सवारी साधनहरू, विशेष सरकारी सवारी साधनहरू, स्कुल बस र यात्रु बसहरूलाई CBD टोल सिस्टमबाट छुट दिईएको छ।

टोलको दस्तुर तिर्न ई-जीपास(E-ZPass) मार्फत तिर्न सकिन्छ भने ई-जीपास नभएको खण्डमा सवारीसाधनको नम्बर प्लेटको फोटो खिचेर सवारी धनीको घरको ठेगानामा चिठी सहितको बिल पठाईन्छ । ई-जीपास नभएको खण्डमा सवारी धनीहरूले ५०% प्रतिशत बढी दस्तुर तिर्नुपर्नेहुन्छ ।
विस्तृत जानकारीको लागि MTA ले आफ्नो वेबसाइटमा मूल्य निर्धारण योजना बारे पोस्ट गरेको छ। https://congestionreliefzone.mta.info/tolling

 

Loading...