मिस सुप्रा नेसनल २०२४ को उपाधी सजिना खनाललाई

 

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं
। मिस सुप्रा नेसनलको उपाधी सजिना खनालले जितेकी छिन् । 

गत मे १,२०२४ बुधबारका दिन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न भएको  ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’को आयोजना सनुर्वी इन्टरनेसनलले गरेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी ग्रान्ड फिनालेमा सजिना खनालले मिस सुप्रा नेसनलको उपाधी जितेकी हुन् भने धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका हुन् । 

ग्राण्ड फिनालेमा अन्य बिधाका उपाधी जस्तै मिस ग्लोब नेपाल मोनिका अधिकारी र मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। भने रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने  पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भएका छन् । भने मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन्।

महिला र पुरुष मोडलहरुको संयुक्त सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा विभिन्न २० वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा दिक्पाल कार्कीको कोरियोग्राफी रहेको थियो भने फिनालेको मुख्य जुरीमा डाक्टर सन्तोष उपाध्याय, प्रिया सिग्देल, पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसालले निर्वाह गरेका थिए।

मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४ ट्रु डर्मा, परी कस्मेटिक, नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगिता बिजेताहरुलाई मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

 

Loading...