
डेढ बर्ष अगाडि अमेरिका आएका अमन न्युयोर्कबाट मेरिल्याण्ड जानेक्रममा बेपत्ता
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । डेढ बर्ष अगाडी अमेरिका आएका अमन खान न्युयोर्कबाट कामको सिलसिलामा मेरिल्याण्ड जाने क्रममा बेपत्ता भएका छन् । गत अप्रिल २६, २०२४ शुक्रबार राती न्युयोर्कबाट कामको लागी भनेर मेरिल्याण्ड गएका अमन खान शनिबार बिहानबाट बेपत्ता भएको हो ।
स्थायी घर नेपाल पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका अश्लम खानका छोरा २२ बर्षिय अमन खान टेक्ससको केही समयको बसाई पश्चात न्युयोर्क बसोबास गर्दै आएका थिए ।

मेरिल्याण्डका धन थापाले दिएको जानकारी अनुसार, उनलाई आफूले बाल्टिमोरको एक रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती मात्र न्युयोर्कबाट हिडेको बताएका छन् । थापाले थप्दै भनेका छन्, आइतबारदेखि रेष्टुरेण्टमा काम खोजिदिएका थियौं ।तर उनले सोमबार आउने बताएका थिए । न्युयोर्कबाट मेगाबस मार्फत शुक्रबार राती हिडेका खान मेरिल्याण्ड राती २ बजे बसबाट झरेका रहेछन् । र शनिबार विहानमात्र उनीसँग सम्पर्क भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भएका छन् ।’
दुई छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए । न्युयोर्क समय अनुशार शनिबार विहान ९ बजेतिर उनको बुवा संग भिडियोकल सम्पर्क हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले बताएका छन् । उनका बुवाका अनुसार पछिल्लो २ महिना देखि बिरामी रहेको र मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन समते अनुरोध गरेका छन् ।
स्रोत :- खसोखास
