
२ बर्ष पहिले तल्लो बाटो हुदै अमेरिका आएका श्रवणको आज निधन भएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । विगत ४ महिनादेखि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क, क्विन्स स्थित एल्महर्स्ट अस्पिटल पछि जमैका हस्पिटलमा राखिएको श्रवणको आज निधन भएको छ ।
बिगत ४ महिनादेखि घाँटी र टाउकोको क्यान्सरबाट पिडित श्रवण कुमार सुवेदी जिबन र मरण संग संघर्षरत थिए। केहि समय एल्महर्स्ट हस्पिटलमा उपाचरत सुवेदीलाई पछी जमैका स्थित हस्पिटलमा सरिएको थियो, आज बिहाने हस्पिटलले उनलाई मृत घोषणा गरेका हुन् ।
नेपाल घर तुल्सिपुर उपमहानगरपालिका १६ उत्तर कुरहरिया, दाङका ३९ बर्षिय सुवेदी २ बर्ष पहिले तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए । पछि उनि न्युयोर्क आएका थिए ।

राप्ती सेवा समाज न्यूयोर्कले केहि समय पहिले उनको परिवारको सहयोगार्थ गोफण्ड एकाउण्ट सुरु गरि सहयोग रकम संकलन कार्य सुरुवात गरेका थिए । १ सय ४८ जना सहयोगदातावाट संकलित ९ हजार ५ सय ९ डलर रकम मृतक सुवेदीका परिवारलाई हस्तान्तरण गरेको राप्ती सेवा समाज न्युयोर्कका अध्यक्ष केशव बस्नेतले बताउनु भएको छ । बस्नेतले भने स्व. सुवेदीको अन्तिम दाहसंस्कार भोली गरिदै छ ।
