Banner

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

तस्वीर स्रोत :- कान्तिपुर

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रहरी द्वारा पक्राउ परेको छ।

अध्यक्ष  सिरोहियाले प्रयोग गर्दै आएको नेपाली नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुगी उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।

प्रहरीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेको केही समयपछी कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो।

 

Loading...