
हिजो न्युयोर्कको ओजोन पार्कबाट हराईरहेका बृद्ध दम्पत्ति सकुशल भेटिएको छ, कसरी फेला परे त ? (पुर्ण बिवरण)
मकै हाउस टिभी एण्ड न्यूज,
न्युयोर्क । हिजो मे २५ शुक्रबार सॅाझ देखि ईभनिंग वल्क जाने क्रममा हराईरहकेा बृद्ध दम्पत्ति सकुशल भेटिएको छ ।
ओजोन पार्क स्थित आफ्नो छोरा बुहारीको घर वरपर सॅाझ पख ईभनिंग वल्कको लागी निस्किएका ७२ बर्षिय पुष्प हरी ढुंगेल र ६२ बर्षिया मिश्रा देबी ढुंगेल दम्पत्ति घर फर्कने क्रममा बाटो बिर्सिएर हराएका थिए ।
घर फर्कने क्रममा बाटो फरक र ठॅाऊ पनि फरक पाए पछि आफुहरु हराएका अनुभुती गरेका थिए, त्यसपछि आत्तिदै नजिकै भारतिय मुलका पगडी बाधेका एक पंजाबी मानिसलाई देखे पछी उनकै भाषा भारतिय भाषामा आफुहरु ईभनिंग वल्कको क्रममा हराएको र घर पुर्याउन सहयोग गरिदिन आग्रह गरेका थिए । त्यसपछि उक्त भारतिय नागरिकले तपाईको ठेगाना थाहा छ ? भनेर सोधे पछि मौखिक ठेगाना दिएपछि दम्पत्तिलाई उक्त ब्यक्तिले आफ्नो कारमा राखेर दिईएको ठेगानामा लगेका थिए ।

उक्त भारतिय मुलका सहयोग गर्ने ब्यक्तिले प्राप्त ठेगानामा पुर्याए पनि दम्पत्तिले घर पहिचान गर्न नसकेपछि दुबैजनालाई क्विन्सको 95-34 118 street मा रहेको पंजाबिहरुको मन्दिर गुरु द्वारामा लगिएको थियो, त्यसपछि उनिहरुले ९११ मा सम्पर्क गरी प्रहरीलाई जानकारी गराएका थिए । केहि समय पहिले मात्र नजिकको प्रहरी कार्यालयमा बेपत्ता भएका दम्पत्तिका छोराले आफ्नो बुवा र आमा हराएको र खोजि गरिदिनको लागी रिपोर्ट लेखाएका थिए । सोहि आधारमा प्रहरीले दम्पत्तिका छोरा राजेशलाई तपाईकै घटना जस्तै मिल्दो एक बृद्ध दम्पत्ति फेला परेको जानकारी आएको छ हामिले दिने ठेगानामा गएर हेर्नुस्त भन्दा त्यॅहा पुगेर हेर्दा आफ्नै बुवा आमा रहेको कुरा प्रहरीलाई जानकारी गराएको छोरा राजेशले मकै हाउसलाई जानकारी गराए ।

आफ्नो बुवा आमा भेट्टासकेपछि भाबुक हुदै खोजि कार्यमा सहयोग पुर्याएका सबैलाई धन्यबाद ब्यक्त गर्दै भगवान सम्झेका थिए।