
सांसद एकनाथ ढकालले अमेरिकाबाट शान्ति अध्ययनमा स्नातकोत्तर गरेका छन् ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संघिय संसद – प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल सयुक्त राज्य अमेरिकाको न्यू योर्क स्थित “एचजे इन्टरनेशनल ग्रेजुएट स्कूल फर पिस एण्ड पब्लिक लिडरशिप” वाट स्नातकोत्तर उपाधि द्वारा बिभूसित हुनु भएको छ। न्यू योर्क मा आयोजित ४८औ दीक्षान्त समारोहमा कलेजका अध्यक्ष डा. थोमस जेराल्ड वाल्सले सांसद ढकाललाई “मास्टर इन पिस स्टडीज” को प्रमाणपत्र प्रदान गर्नु भयो। ढकालले प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन्।


सन् २०२१ मा कलेजमा भर्ना भएका सांसद ढकालले दूर शिक्षा अध्ययन गरेका हुन्। यस अध्ययनका लागि उनले छात्रवृत्ति पाएका थिए।

दीक्षान्त समारोहमा पूर्व अमेरिकी बिशेष दुत जोसेफ आर डेट्रानी लाइ मानार्थ बिद्धाबरिधि प्रदान गरिएको थियो। राजदूत डेट्रानी उत्तर कोरियासँग छ-पक्षीय वार्ताका लागि अमेरिकी विशेष दूत थिए। राजदूत देत्रानीले दुई दशकभन्दा बढी समय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीमा वरिष्ठ गुप्तचर सेवाको सदस्यको रूपमा सेवा गरे।
