Banner

“नेपाली कम्युनिटी डे ईन अल्बानी”को तयारी तिब्र गतिमा अगाड़ी बढ्दै (पुर्ण बिबरण सहित)

 

मकै हाउस टिभी एण्ड न्यूज़,

न्युयोर्क । न्युयोर्कको राजधानी अल्बानीमा हुने भनिएको “नेपाली कम्यूनिटी डे ईन अल्बानी” को तयारी तिब्र गतिमा अगाड़ी बढेको छ ।

आगामी मे २८,२०२४ मंगलवारका दिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको राजधानी अल्बानी शहर स्थित विधायक कार्यालय भवनमा न्यूयोर्क राज्यका बिधानसभा सदस्य माननीय स्टेभन रागाको कार्यालयको मुख्य प्रायोजन, बिंधानसभा सदस्यद्वय माननीय सराहना श्रेष्ठ र माननीय जेनिफ़र राजकुमारको सह-प्रायोजनमा एएपिआई हेरिटज मन्थको सम्मानार्थ उक्त कार्यक्रम गर्न लागिएको हो ।

स्टेभन रागाको कार्यालय र नेपाली महाबाणिज्य दुतावासको कार्यालय न्युयोर्कको संयुक्त आयोजनामा र अल्बानी र न्युयोर्कमा रहेका ३३ वटा नेपाली संघ- संस्थाहरुको संयुक्त सहकार्यमा उक्त डे मनाउन लागिएको हो । सहकार्य गरिएका सम्पूर्ण संघ-संस्थाका नामावली अंग्रेजीमा यहॉ राखिएको छ ।

1. Adhikaar

2. Alpine Sports Association Inc.(North America – Nepal)

3. Baglung Sewa Samaj – America

4. Bhotekoshi Society USA

5. Ghyalsumdo Sewa Sanstha Inc., USA

6. Gorkhali Samaj

7. The Gurung (Tamu) Society

8. Hami Nepali Global America

9. Himani Trust – USA

10. Kirat Rai Society of America(KRSA)

11. Kirat Yakthung Chumlung – USA

12. Lions Club of Queens Buddha 

13. Long Island Nepalese Society

14. Magar Association USA Inc,New York Chapter

15. Mithila Center USA

16. Mustang Kyidug USA Inc.

17. Nepalese American Nurses Association (NANA)

18. Nepal Vision Inc.

19. Newah Nakha New York

20. NRNA NCC USA Tourism and Trade 

21. Overseas Nepali Unity Forum, America (ONUF)

22. Rotary Club of New York Queens

23. Sindhuli Society of America

24. Tamang Society of North America

25. United Kirat Rai Organization of America New York Chapter

26. United Mugum Organization USA

27. US Nepal Climbers Association INC.

28. Albany New York Nepalese Society(ANNS) 

29. NRNA NCC-USA NY Chapter

30. United Sherpa Association(USA) INC. 

31. Minority Empowerment Network

32. GPK Foundation America 

33. Ridgewood Nepalese Society

 

मे २८ मंगलबारका दिन न्युयोर्क राज्यका सम्पुर्ण बिधानसभा सदस्यहरु र कानून निर्माताहरू (Law Makers)को प्रतक्ष्य उपस्थिती रहने कार्यक्रम “नेपाली कम्युनिटी डे ईन अल्बानी”को लागी सहभागी हुन चाहनेले बिधायक कार्यालयको ढोका बिहानको ९ः३० बजे सम्म मात्र खुल्ला हुने भएकोले तल लिंकमा राखिएको ठेगानाको द्वारबाट प्रवेश गरिसक्नु पर्ने अन्यथा प्रबेश निषेध हुन सक्ने भएकोले न्युययोर्क शहरबाट जानेहरु बिहानको ६ः०० बजे हिडिसक्नुपर्नेछ ।

https://www.google.com/maps/search/198+State+Street,+Albany,+NY+12224?entry=gmail&source=g

कार्यक्रम बिहानको ठिक १०ः०० बजेबाट सुरु भई ४ः३० बजे समापन हुने छ, भने कार्यक्रम उपस्थिति हुनेहरुले कार्यक्रम स्थल भित्र प्रवेश गर्दा सुरक्षा प्रक्रिया पुरा गरी छिर्नु पर्ने हुने भएकोले सुरक्षा केन्द्रले बितरण गर्ने सानो भाडोमा अट्ने साईजको ब्याग बोक्नु पर्ने छ ।

अल्बानी जाने र आउने यातायात सेवा सम्बन्धी:-

अल्बानी बिहानको ९ः०० सम्म पुगि सक्नु पर्ने भएकोले यातायातको लागी बस बिहान ६ः०० बजे क्विन्सको ज्याक्सन हाईट्स स्थित शेर्पा किदुगको भबन अगाडी आईपुगिसक्नु पर्नेछ । र अल्बानीबाट सॉझको ५ः०० बजे बस हिड्ने भएकोले समयमा नै बस रोकिएको स्थानमा आईपुगिसक्नु पर्ने छ । बसको सेवा प्राप्त गर्न चाहनेले भाडा स्वरुप आउने र जाने गरी $३० भुक्तान गर्नुपर्नेछ । यातायात सम्बन्धी सेवा र अन्य जानकारीको लागी minorityempowermentnetwork@gmail.com सम्पर्क गर्नु पर्ने छ ।

न्युयोर्क शहरबाट आफ्नै यातायातको साधन मार्फत अल्बानी जानेहरुले पार्किंग र अन्य कार्यक्रम सम्बन्धी जानकारी प्राप्त गर्नको लागी बिष्णु राना मगर +1 (646) 696-5495 लाई सम्पर्क गर्नुपर्नेहुन्छ । 

नेपाली कम्यूनिटी डे ईन अल्बानी कार्यक्रममा नेपाली पहिरन (भेषभुसा) र खानाको प्रदर्शनीको साथै नेपाली कला, संस्कृती झल्कने किसिमको सांस्कृतिक प्रस्तुतीहरुको साथै बिबिध कार्यक्रमहरु प्रस्तुत हुने छ । 

 

Screenshot
Loading...