Banner

म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारण सभा सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारण सभा सम्पन्न भएको छ, समाजका अध्यक्ष रमेश तुलाचनको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सोम बुढाथोकीले स्वागत मन्तब्य राखेका थिए ।

संस्थाका महासचिव चयन्द्र बहादुर थापा ( प्रकाश )ले सञ्चालन गरेको  कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार मन रोकाले शुभकामना मनतव्य राखेका थिए भने अन्य मन्तब्य राख्नेहरुमा मगर संघ अमेरिकाका अध्यक्ष तथा म्याग्दी समाज न्युर्योकका वरिष्ठ उपाध्यक्षय याम पुन, सल्लाहकार तथा संरक्षक भविन शेरपुन्जा, वरिष्ठ समाजसेवी क्यापटेन कर्ण बहादुर रोका र नेपाल सरकारका अवकाश प्राप्त एसपी दान बहादुर मल्ल लगाएतले दिनुभएको थियो । 

कार्यक्रममा संस्थाको सांगठनीक प्रतिवेदन संस्थाका महासचिव चयन्द्र बहादुर थापा प्रकाशले पेश गरेका थिए, भने सांगठनीक प्रतिवेदन संस्थाका कोषाध्यक्ष तिर्थ घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत सम्पुर्ण  प्रतिवेदन माथि छलफल गरी सर्वसमत रुपले पारित गरिएको थियो ।

Screenshot

कार्यक्रममा सोधिएको प्रश्नहरुको उत्तर दिदै अध्यक्ष तुलाचनले संस्थालाई यहा सम्म ल्याउन योगदान पुऱ्याउनु हुने सम्पुर्णलाई धन्यवाद दिदै संस्थाको भावी कार्ययोजनालाई समेत सफल बनाउनको लागी यो कार्य समीतीले चालेको कदमलाई सबैले सहयोग गर्न आग्रह गरेका  थिए । 

 

Loading...