
पृथक बिषय बस्तुमा आधारित चलचित्र “बोक्सिको घर” न्युयोर्कमा प्रदर्शन हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । समसामयिक सामाजिक बिषयमा आधारित कथानक चलचित्र “बोक्सिको घर” न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।

अभिनेत्री केकी अधिकारीको निर्माण र सशक्त अभिनयमा तयार समसामयिक एक पृथक कथामा बनेको नेपाली चलचित्र “बोक्सिको घर” न्युयोर्कमा प्रदर्शन हुन लागेको हो ।

“राईज एण्ड साईन” न्युयोर्कको प्रस्तुतीमा आगामी जुन १,२०२४ शनिबारका दिन दिउसो १ः३० बजेको शो न्युयोर्कको क्विन्स स्थित रेगल युए एस्टोरिया कौफम्यान थिएटर (Regal UA Kaufman, Astoria) मा प्रदर्शन हुने भएको हो । टिकट र अन्य जानकारीको लागी मनिता गुरुंग (347) 510-2173 र बिनिता तामांग (646) 925-7237 लाई निम्न मोबाईल नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
