
पुर्ब सांसद परि थापाका छोरा मुक्ति ५ दिन देखि बोस्टनबाट बेपत्ता
मकै हाउस टिभी एण्ड न्युज,
बोस्टन । ५ दिन देखि बोस्टन शहरबाट ३७ बर्षिय मुक्ति थापा बेपत्ता भएका छन् ।

गत मे २४, २०२४ शुक्रबार देखि ३७ बर्षिय मुक्ति थापा संयुक्त राज्य अमेरिकाको बोस्टन शहरबाट बेपत्ता भएका हुन् । नेपाल घर काठमाण्डौ अनामनगरका मुक्ति पुर्ब सांसद परि थापाका छोरा हुन् । मुक्ति ८ बर्ष पहिले भ्रमण भिसा मार्फत अमेरिका आएका थिए । सुरुको ३ बर्ष न्युयोर्कको क्विन्समा बसोबास गरेका थापा ५ बर्ष पहिले बोस्टन बसाई सरेका थिए ।
गत शुक्रबार देखि एक्कासी साथि भाई र घर परिवार संग सम्पर्क बिहिन भएपछि उनको खोजि कार्य सुरु गरिएको हो । कसैले कहि कतै देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा रुद्र पुन (646) 508-4014 लाई सम्पर्क गरि खोजि कार्यमा सहयोग पुर्याउन घर परिवार र आफन्तजनले आग्रह गरेका छन् ।
बेपत्ता थापाले प्रयोग गर्ने कारको तस्बिर र ड्राईबर लाईसेन्स यहॅा तल राखिएको छ ।

