
च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाई
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडले उचालेको छ ।
आज लन्डन स्थित वेम्बली स्टेडिएममा सम्पन्न च्याम्पियन्स लिगको फाईनल खेलमा डर्टमन्ड माथी २-० को जित निकाल्दै रियल म्याड्रिडले जित दर्ता गरेको हो ।

च्याम्पियन्स लिगको फाईनल खेलको पहिलो हाल्फ डर्टमन्डले खेल पुर्णरुपमा आफ्नो पक्षमा पारेको थियो । डर्टमन्डले निरन्तर खेललाई आफ्नो पक्षमा राख्दै रियल म्याड्रिडलाई कडा दबाबमा राखेको थियो ।

तर खेलको दोस्रो हाफमा सोहि खेलको रफ्तारलाई निरन्तरता दिन नसक्दा रियल म्याड्रिडले खेललाई आफ्नो पक्षमा पार्दै २-० को सहज जित निकालेको हो । खेलको ७४ औ मिनेटमा हेडर मार्फत कार्भाहालले उत्कृष्ट गोल निकाल्दा खेलमा रियलले डर्टमन्ड माथि १-० को अग्रता निकालेको थियो । तर पनि रियलले निरन्तर खेललाई आफ्नो पक्षमा पार्दै खेलको ८३ औ जुडे बलिंघामले दिएको पासलाई दामि पारामा भिनिसियस जुनियरले डर्टमन्डको जालि चुमाउदा खेलमा जित सहज बनाउदै उपाधी हात पारेको हो ।