Banner

फिप्ना द्वारा भर्चुअली “ नेपाली अमेरिकन हेरिटेज डे” को उपलक्षमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । मे २९, २०२४ बुधवारका दिन जुमको भॅचुल प्यात फोरोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)को आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

महासंघका अध्यक्ष तोरण गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो ।

“ नेपाली अमेरिकन हेरिटेज डे” को बारेमा अन्तरक्रियात्मक तथा छलफल कार्यक्रममा प्रमुख अतिथि न्यूयोर्क राज्यका सभासद जेनिफर राजकुमार र बिशेष अतिथि न्यूयोक राज्यका सभासद स्तिभन रागा, फिप्नाका सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकारहरू , फिवनाका अध्यक्ष इनदिरा चोम्बांग, नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,एनआरएनए अमेरीकाका अध्यक्ष सूर्य लम्साल, न्यूयोर्क डेमोक्रयाटीक कलबका अध्यक्ष ज्ञानेल थापा, अरू अन्य नेपाली डाईसफोराका संस्थाहरू र आमणन्त्रित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Screenshot

कार्यक्रममा ६ जना बक्ताहरू थिए, जसमा फिप्नाका सल्लाहकार लोक चोम्जुमले नेपाली अमेरिकन हेरिटेज डेको बारेमा जानकरी दिनु भएको थियो र अरू बक्ताहरूले नेपाली अमेरिकन हेरिटेज डेको महत्व, नेपाली भाषा र संस्कृतिको बारेमा प्रकास पार्नुको साथै यसको निरणतरतामा सुझाब र सल्लाहा दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।

 

Loading...