
हिमालयन स्ट्रिट फेस्टिभल “हाम्रो मेला” भोली न्युयोर्कमा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हिमालयन स्ट्रिट फेस्टिभल “हाम्रो मेला” भोली न्युयोर्कको ज्याक्सन हाईट्स हुने भएको हो ।

भोली जुन १५,२०२४ शनिबारका दिन न्युयोर्क, क्विन्सको ज्याक्सन हाईट्स स्थित ७६ स्ट्रिट देखि ब्रोडवेको सडकमा “हाम्रो मेला” महोत्सव हुने भएको हो ।

निम्जी (निमा शेर्पा), ओम गोर्खाली (गुरुंग) र दिपेन्द्र लामाको संयुक्त आयोजना र क्विन्स बोरो अध्यक्ष डोनोभान रिचार्डको कार्यालय, सिटि काउन्सिल सदस्य शेखर कृष्णन र न्युयोर्क राज्य बिधानसभा सदस्य स्टेभन रागाको संयुक्त सह-प्रायोजन अनि नेपाली महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्क, नेपाल सरकारको तर्फबाट न्युयोर्कका लागी पर्यटन प्रबर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क नेपाली हेल्प पोष्ट ग्रुप र च्याम्पियन मार्सियल आर्ट्स क्लबको सहयोगार्थमा भोली हुने उक्त मेलामा नेपाली खानाको परिकार, कपडा र हातबाट बनाईएको र नेपाली बस्तुहरुको बिश्व बजारमा एस्को पहिचान र बजारिकरणको निमित्त यो मेला गोस्रो पटक हुन लागिएको हो, यस् भन्दा पहिले २०२१ मा सोहि स्थानमा पहिलो पटक भएको थियो ।

उक्त मेलामा नेपाली खाना, लत्ता कपडा, हातबाट बनाईएको सामग्रीहरु, गरगहनाको बिश्वबजारमा यस्को बजारिकरण हुने सामग्रीहरु र कला, संस्कार र संस्कृतिको जगेर्ना र प्रबर्द्धनको निमित्त सांगितिक कार्यक्रम पनि हुने छ ।
सांगितिक कार्यक्रमको होस्ट बिक्की पुलामीले गर्ने छ भने कलाकार द्वय गोबिन्द राई, शिब बिक., बसन्ती राई, महादेब त्रिपाठी, गायिका संयमिता श्रेष्ठ र टिएनटी सुरजको प्रस्तुती रहनेछ भने ब्याण्ड तर्फ ट्राईवो क्विन्स ब्याण्ड र द जोय ब्याण्डको प्रस्तुती रहने छ, भने डिजेमा डिजे वांग र डिजे एलएक्स रहने छ ।